काठमाडौं - कोरोनाको आशंकामा गत २४ घण्टामा ५ हजार ६ सय ६१ ज्नाको पिसिआरबाट नमुना परीक्षण भएको छ।
नेपालमा हालसम्म ३ लाख १७ हजार ८ सय ७० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर र १ लाख ९० हजार ५ सय ८२ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
शनिबार २ सय ७३ नयाँ थपिएसँगै कुल संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ। हालसम्म ९ सय १३ जना उपचारपछि डिस्चार्ज भएका छन्। जसमध्ये ३६ जना शनिबार डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा कोरोनाका कारण दुर्ई जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या १८ पुगेको डा गौतमले बताए।
देशभर हाल ४ हजार ४ सय ४ जना अस्पतालको आइसोलेसनमा र १ लाख २७ हजार २ सय ८८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।