काठमाडौं- सार्क अन्तर्गतका देशहरुमध्ये सर्वाधिक संक्रमण भारतमा देखिएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा ३ लाख ३२ हजार ४ सय २४ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, ९ हजार ५ सय २० जनाको मृत्यु भएको छ।
भारतपछि क्रमैसँगः पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाल, माल्दिभ्स, श्रीलंका तथा भुटानमा बढी संक्रमित देखिएका छन्।
सार्क देशहरुमध्ये सबैभन्दा कम संंक्रमित भुटानमा छन्। त्यहाँ ६६ जनामा संक्रमण पुष्टि भएको छ। सार्क मुलुकमध्ये भुटानमात्रै त्यस्तो देश हो, जहाँ कोरोना संक्रमितको मृत्यु भएको छैन।
