काठमाडौं- तीन जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ११ बजे जारी गरेको सूचना अनुसार प्रदेशका तीन वटा जिल्लामा ३२ नयाँ संक्रमित भेटिएका हुन्।
निर्देशनालयको सूचना अनुसार बाग्लुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा नयाँ संक्रमण पुष्टि भएको हो। उनीहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको बताइएको छ।
गण्डकी प्रदेशमा शुक्रबार बिहान मात्रै २४ जना नयाँ संक्रमित भेटिएका थिए।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८० पुगेको छ। त्यस्तै, नेपालभर ७ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको छ।