कैलाली– कोरोना संक्रमण फैलिदै गएपछि कैलालीको गोदावरी नगरपालिकामा शनिबारदेखि सिल गरिएको छ। एक जनाको कोरोना संक्रमणबाट मृत्यु र नौँ जनामा संक्रमण पुष्टि भएपछि नगर क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको नगर प्रमुख हरिसिंह साउँदले बताए।
नगर क्षेत्र पूर्ण रुपमा बन्द गर्न स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच सहमति भइसकेको समेत उनले जानकारी दिए।
कोरोना संक्रमणबाट एकजनाको मृत्यु समेत भईसकेको र संक्रमण बढ्दै गएका कारण भीडभाडले जोखिम बढ्न सक्ने भन्दै अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न अनुरोध गरिएको नगर प्रमुख साउँदले जानकारी दिए।