काठमाडौं- विश्वभर ८७ लाख ६९ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २२ लाख ५४ हजार ६ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा १० लाख ३२ हजार ९ सय १३, रुसमा ५ लाख ७६ हजार १ सय ६२, भारतमा ३ लाख ९५ हजार ४८, बेलायतमा ३ लाख ४ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर ४ लाख ६४ हजार २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अमेरिकामा सर्वाधिक १ लाख १९ हजार ७ सय १९ जनाको मृत्यु भएको छ।
त्यस्तै, ब्राजिलमा ४९ हजार ९ सय ७६, बेलायतमा ४२ हजार ६ सय ७४, इटालीमा ३४ हजार ६ सय १०, फ्रान्समा २९ हजार ६ सय ३६, स्पेनमा २८ हजार ३ सय २२ जनाको मृत्यु भएको छ।
विश्वभर ३४ लाख ४७ हजार ५ सय ८४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ६ लाख १७ हजार ४ सय ६० छ। त्यस्तै, ब्राजिलमा ५ लाख ७६ हजार ७ सय ७९, रुसमा ३ लाख ३४ हजार २४ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ८ हजार ६ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा मात्रै आइतबार बिहान १६ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये १ हजार ५ सय ७८ संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमितको संख्या भारतमा ३ लाख ९५ हजार ४८ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १३ हजार २ सय ७७ पुगेको छ। भारतमा हालसम्म २ लाख २८ हजार १ सय ८१ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म १ लाख ७१ हजार ६ सय ६६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ३ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ६३ हजार ५ सय ४ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या १ हजार ९ सय ५० छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ४ सय ७२ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ८ हजार ७ सय ७५ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ४ सय २५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ४३ हजार ९ सय ९३ छ।
अफगानिस्तानमा संक्रमितको संख्या २८ हजार ४ सय २४ पुगेको छ। अफगानिस्तानमा ५ सय ६९ जनाको मृत्यु भइसकेको छ भने ८ हजार २ सय ९२ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ६८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या २८ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार १ सय ८७ छ। मृत्यु हुनेको संख्या ८ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ७ सय ८८ पुगेको छ।