काठमाडौं- आइतबार थप १९४ जना कोरोना संक्रमणमुक्त भएका छन्।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
काठमाडौं मेडिकल कलजे दुवाकोटबाट काभ्रेका ५ जना, जलेश्वरमा उपचाररत महोत्तरीका १८ जना, सर्लाहीमा उपचाररत ७४ जना, रौतहटमा उपचाररत ४३ जना, सप्तरीमा उपचाररत १२जना र रौतहटमा नै उपचाररत ४२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्।
योसहित नेपालमा हालसम्म १७७२ जना उपचारपछि निको भएका छन्। संक्रमित मध्ये २३ जनाको भने मृत्यु भएको छ।
हालसम्म देशभर १२ जिल्लामा २ सय बढी कोरोना संक्रमित भेटिएका छन्। सबैभन्दा बढी रौतहटमा एक हजार ११२, दैलेखमा ७२६, कपिलवस्तुमा ७०५, सर्लाहीमा ५६७, महोत्तरी ५२६, सुर्खेतमा ३ सय संक्रमित भेटिएका छन्। त्यसैगरी, दाङमा २८३, धनुषामा २६८, रुपन्देहीमा २५८,बाँकेमा ३४४, कैलालीमा २३२ र अर्घाखाँची २४० कोरोना संक्रमित भेटिएका छन्।