प्युठान- प्युठानकाे मल्लरानी गाउँपालिकामा एक महिलाले क्वारेन्टाइनमा नै बच्चा जन्माएकी छिन्। मल्लरानी गाउँपालिका- ४ स्थित जनजागृति मावि कसेरीकाे क्वारेन्टाइनमा बसेकी १८ वर्षीया सीता खड्काले प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा छोरा जन्माएकी हुन्।
आमा र बच्चा दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका प्रमुख शान्त राेकाले जानकारी दिए। उनी ७ दिन पहिले भारतकाे पञ्जावबाट श्रिमानसँगै आएकी थिइन्।
सुत्केरीकाे आरडिटी रिपाेर्ट नेगेटिभ आएको र पिसिआर रिपाेर्ट नआउँदासम्म क्वारेन्टाइनमै राखिने छ। वडा अध्यक्ष कुमार श्रेष्ठका अनुसार सुत्केरीकाे स्याहार तथा पाेषण व्यवस्थापन गाउँपालिकास्तरीय स्वास्थ्य इकाइले गर्ने छ।