काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीको मनोबल उच्च राखी कार्य सुचारु गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाललाई निर्देशन दिएको छ।
मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै आफ्नो स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई उच्च मनोबलका साथ कार्य सुचारु गर्न निर्देशन दिएको हो। नेपालका निजी स्वास्थ्य संस्थाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब भत्ता कट्ट गर्ने, करार सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई जागिरबाट बर्खास्त गर्ने जस्ता काम भएको भन्दै मन्त्रालयले यसो नगर्न भनेको छ।
कोभिड १९ को चुनौती अझै बढेर जाने भएकाले धेरै जनशक्ति आवश्यक पर्ने भन्दै मन्त्रालयले उनीहरुको मनोबल गिराउने काम गर्न उनीहरुलाई निर्देशन दिएको छ । केही गुनासाहरु भए छलफल गरी निर्णय गर्ने मन्त्रालयले जनाएको छ।