कैलाली- कैलालीमा एकै दिन ५७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा कैलालीका १० महिला र ४७ पुरूष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालले विज्ञप्ती जारी गर्दै २ सय ५४ जनाको स्वाब परीक्षण गर्दा कैलालीको लम्कीका ६ महिला र १९ पुरूष र गोदावरी नगरपालिकाकी ५ वर्षीया बालिकासहित ४ महिला र २८ पुरूषमा कोरोना पुष्टि भएको जनाएको हो।
अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा १२ जनाको उपचार भइरहेको जनाइएको छ।
