काठमाडौं- त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेश सिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा लेखिएको गीत गाएका छन्।
प्रधानमन्त्री ओलीको शब्द रहेको 'बन्छ नमूना नेपाल' बोलको गीतमा डा भण्डारीले स्वर दिएका हुन्। उक्त गीतको संगीत संयोजन पनि डा भण्डारीले नै गरेका हुन्।
डा भण्डारीले केही समयअघि प्रधानमन्त्री केपी ओलीको पित्तथैलीको शल्यक्रिया गरेका थिए।