काठमाडौं- विश्वभर कोरोनाबाट संक्रमितको संख्या ९६ लाख १४ हजार पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार शुक्रबार बिहानसम्म संक्रमितको संख्या ९६ लाख १४ हजार ८ सय ४५ पुगेको हो। मृत्यु हुनेको संख्या ४ लाख ९० हजार १ सय ४१ पुगेको छ।
सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा २४ लाख ५२ हजार ४ सय ६० संक्रमित भएका छन् भने १ लाख २५ हजार ७ सय ९६ को मृत्यु भएको छ । यस्तै, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १२ लाख २८ हजार १ सय १४ संक्रमित र ५४ हजार ९ सय ७१ को मृत्यु भएको छ।
यस्तै, रुसमा ६ लाख १३ हजार १ सय ४८ संक्रमित र ८ हजार ५ सय ९४ को मृत्यु भएको छ भने भारतमा ४ लाख ७३ हजार १ सय ५ संक्रमित र १४ हजार ८ सय ९४ को मृत्यु भएको छ। बेलायतमा ३ लाख ९ हजार ४ सय ५५ संक्रमित र ४३ हजार ३ सय १४ जनाको मृत्यु भएको छ।
विश्वभर ४८ हजार १२ हजार १ सय २१ जना निको भएको विश्वविद्यालयको तथ्यांक छ।
नेपालमा पनि ११ हजार १ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा मात्रै बिहान २५ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा हालसम्म २ हजार ६ सय ५० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म २६ संक्रमितको मृत्यु भएको छ।
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ९१ हजार १ सय ७० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ। भारतमा हालसम्म २ लाख ८५ हजार ६ सय ७१ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म १ लाख ९२ हजार ९ सय ७० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ३ हजार ९ सय ३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ८१ हजार ३ सय ७ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार १० छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ६ सय २ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार ६ सय ६ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ६ सय २१ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ५१ हजार ४ सय ९५ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३० हजार १ सय ७५ पुगेको छ। अफगानिस्तानमा ६ सय ७५ जनाको मृत्यु भइसकेको छ भने १० हजार १ सय ७४ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ७० पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३४ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार २ सय ७७ छ। मृत्यु हुनेको संख्या ८ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ८ सय ४८ पुगेको छ।