धनगढी- कैलालीको धनगढीस्थित सुत्केरी महिलाहरुलाई राहत वितरण गरिएको छ। मिथिला वाइल्ड लाइफ ट्रष्ट र वोरको आर्थिक सहयोगमा नेपाल जनस्वास्थ्य संघ (नेफा)ले पोषण कोसेली वितरण कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकाभित्र रहेका सुत्केरीलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो।
धनगढी उपमहानगरपालिका- १२ ‘डि’ गाउँ, ‘ए’ गाउँ, सिद्धार्थनगर र वडा नम्बर ७ का बेली र पटेलाका ५२ जना विपन्न गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरिएको नेफेजका सहसचिव अशोक जोशीले जानकारी दिए।
उनका अनुसार प्रतिमहिलालाई १६ केजी चामल, एक/एक केजी मास र मसुरोको दाल, एक केजी चना, एक/एक प्याकेट नुन र तेल, सोयाविन, १५ वटा अण्डा, १० मास्क र दुई/दुई सावुन वितरण गरिएको जानकारी दिए।