समाचार

कर्णालीका २१४ जना कोरोना संक्रमणमुक्त, थप ७ जनामा संक्रमण पुष्टि

सुर्खेत- कर्णाली प्रदेशका २१४ जना संक्रमित स्वास्थ्यलाभ गरी घर फर्केका छन्। यसमा दैलेखका मात्रै २०५ जना छन्।

घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला छन्। यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए। 

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक÷एक जना कोरोना संक्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा. तिवारीले बताए। 

उनका अनुसार शनिबार २१४ कोरोना निको भएसँगै हालसम्म कर्णालीमा यो संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ९३४ पुगेको छ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४४० पुगेको बताए। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने