काठमाडौं- त्रिवि शिक्षण अस्पताल अस्पतालमा ४५ दिनको एक शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ।
उनको घाँटीको अप्रेशन गर्नुअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न गएराति पिसिआर परीक्षण गरिएको थियो।
ती शिशुको मंगलबार कोरोना पुष्टि भएको अस्पतालका डा सन्त कुमार दासले बताए। डा दासका अनुसार ती शिशु म्याग्दीका हुन्।
उनको इमरजेन्सी अपरेशन गर्नुपर्ने भएकाले पिसिआर रिपोर्ट नकुरेको डा दासले बताए। ती शिशुको अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ।