समाचार

कोरोना अपडेट : संक्रमितको संख्या १ करोड ६ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ६ लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ६ लाख ६४ हजार ४ सय ३३ मानिस संक्रमित भएको तथ्यांक रहेको छ। 

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा २६ लाख ८३ हजार ८ सय ९४, ब्राजिलमा १४ लाख ४८ हजार ७ सय ५३, रुसमा ६ लाख ५३ हजार ४ सय ७९ र भारतमा ५ लाख ८५ हजार ४ सय ९३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ। 

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख १५ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख १५ हजार ५ सय ४२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

अमेरिकामा १ लाख २८ हजार ४४, ब्राजिलमा ६० हजार ६ सय ३२, बेलायतमा ४३ हजार ९ सय ९१, इटालीमा ३४ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ।

विश्वभर ५४ लाख ५१ हजार ४ सय ७२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ। 

बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ८ लाख ५ हजार १ सय ७४, अमेरिकामा ७ लाख २९ हजार ९ सय ९४, रुसमा ४ लाख २२ हजार २ सय ३५ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४ हजार ६ सय ५६ जना संक्रमणमुक्त भएका छन् भने ३० जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ८५ हजार ४ सय ९३ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १७ हजार ४ सय पुगेको छ। भारतमा हालसम्म ३ लाख ४७ हजार ९ सय ७९ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख १३ हजार ४ सय ७० जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ३ सय ९५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख ८ सय २ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ५४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ७ सय ४८ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ४९ हजार २ सय ५८ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ६२ हजार १ सय ८ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३१ हजार ८ सय ३६ पुगेको छ। अफगानिस्तानमा ७ सय ७४ जनाको मृत्यु भइसकेको छ भने १५ हजार ६ सय ५१ जना उपचारपछि निको भएका छन्।

भुटानमा संक्रमितको संख्या ७७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ४८ छ।

माल्दिभ्समा संक्रमितको संख्या २ हजार ३ सय ८२ रहको छ। मृत्यु हुनेको संख्या ९ छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ५४ पुगेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने