काठमाडौं- सानेपास्थित स्टार हस्पिटलले कोरोना संक्रमित युवकको उपचारका क्रममा मृत्यु भए पनि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालनमा रहेका जनाएको छ।
अस्पतालले महामारी फैलिएदेखि नै अस्पतालको गेटमा फिभर क्लिनिक सञ्चालनमा ल्याउनुका साथै इमर्जेन्सी तथा भर्ना हुने बिरामीहरुका लागि छुट्टै कोभिड वार्ड तथा आइसियुको व्यवस्था गरेको अस्पतालले जनाएको छ।
अस्पतालले भर्ना हुने तथा कोभिड संकास्पद बिरामीको लागि आइसोलेसन वार्ड तथा आइसियुको सुविधा, छुट्टै जनशक्ति परिचालन तथा संक्रमित बिरामी रहेका ठाउँहरु तथा प्रयोग भएका सामग्रीहरु तत्कालै निर्मुलीकरण गरिएको कारण अस्पताल नियमित रुपमा सञ्चालनमा रहेको अस्पतालले उल्लेख गरेको छ।
साथै अस्पतालले संक्रमितका आफन्त तथा बिरामीका सम्पर्कमा आएका चिकित्सक र कर्मचारीलाई अस्पतालले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको जनाएको छ ।
साथै अस्पतालले कोरोना जाँचको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मिति २०७७÷०३÷१४ गते अनुमति पाएको छ।
अस्पतालमा दैनिक एक हजार नमुना परीक्षण गर्नसक्ने क्षमताको पिसिआर मेसिन तथा जनशक्ति रहेको अस्पतालले जनाएको छ।