काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक तथा कर्मचारीहरु आन्दोलित भएका छन्। प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई स्पष्टीकरण सोधेपछि उनीहरु आन्दोलित भएका हुन्।
डा पोख्रेलले प्रतिष्ठानमा भइरहेको अनियमतताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि उपकुलपति गिरीले स्पष्टीकरण माग गरेका थिए। अनियमतताको विरोध र पारदर्शीताको माग गर्दा उल्टै स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले मंगलबारदेखि विरोध प्रदर्शन र र्याली निकाल्न सुरु गरेका हुन्।
उनीहरुले प्रतिष्ठानका उपकुलपतिसँग नै सार्वजनिक रुपमा ११ बुँदे स्पष्टीकरण माग गरेका छन्। उनीहरुले बढुवा, जोखिम भत्ता, अस्पतालको फोहोरमैला व्यवस्थापन, शिक्षक तालिम, प्रतिष्ठानको हित विपरित जग्जा दिन लागेको विषय, प्रतिष्ठानको विकास र विस्तार लगायतका विषयमा उपकुलपति गिरीसँग सपष्टीकरण माग गरेका हुन्।
यस्तो छ उपकुलपतिसँग माग गरिएको ११ बुँदे स्पष्टीकरणका प्रश्न
१. हाम्रो प्रोमोशन कहिले हुन्छ? ३ वर्ष कुरिसकेका हामी अब कति वर्ष?
२. बढेको तलबको बाँकी रकम हामीलाई कहिले प्राप्त गछौं? १ वर्ष कट्नै लाग्यो त?
३. शिक्षकहरुलाई दिइने नियमित शिक्षक तालिम कहिलेदेखि सुचारु हुन्छ?
४. गत वर्षको जोखिम भत्ता वितरण कहिलेसम्म सम्पन्न हुन्छ?
५. सरकारले अनिवार्य गरिसकेको 'प्रतिष्ठानको आफ्नै फार्मेसी' संचालन कहिलेदेखि हुन सक्छ?
६. आधुनिक फोहोरमैला व्यवस्थापन कहिलेदेखि सुनिश्चित हुन्छ?
७. फ्याकल्टी तथा कर्मचारीका छोराछोरीको लागि छुट्याइएको MBBS/ BDS लगायतका सिटहरुको कहिलेसम्म सुनिश्चित हुन्छ?
८. इन्टरनेट सेवा र बिद्युत चोरी सम्बन्धि प्रतिबेदन कार्यन्वयन गर्न सकेको छैन, Lab बाट दिईने रिपोर्टमा अस्वाभाविक value हरुलाई verification नै नगरी dispatch गर्दा पनि कोहि जवाफदेही हुँदैनन्। एउटा जाबो X-ray गर्न पनि एक हप्ता कुर्नुपर्ने दिन फेरिएको छैन ।
काठमाण्डौं Leasing को contract सकिएको एक बर्ष नाघिसक्दा पनि गोल्फ club सँग नयाँ सम्झौता किन गरिएको छैन?
खानेपानी संस्थानलाई सञ्चालन र मर्मतको लागि ८२-८३ लाख उपयुक्त हो कि होइन?
प्रतिष्ठानको हित बिपरित हरैचाको जग्गा प्रदेश सरकारलाई लीजमा दिने निर्णय किन गरियो?
९. सवर्ण pharmaceutical सञ्चालन गर्दा बिरामीहरुले सस्तो र गुणस्तरीय औषधि प्राप्त गर्न सक्थे । त्यति मात्र होइन औषधिमा भैरहेको अस्वाभाविक ब्यापारीकरणलाई ब्यबस्थित पनि गराउन सकिन्थ्यो । त्यसमा नैराश्यता किन?
१०. विश्वविद्यालय नै नबनी अहिले काठमाडौं विश्वविद्यालयसँग अमूक कलेजको सम्बन्धनको लागि सम्झौता गर्न कुन बाध्यता पर्यो?
११. BPKIHS लाई विश्वविद्यालय बनाउन जोडतोडले लगिरहँदा निम्न कुराहरुको जवाफ हामीलाई आजसम्म दिइएको छैन वा दिने आवश्यक ठानिएको छैन ।
क) २६ बर्ष अगाडि AIIMS को मोडेलमा स्थापित यो संस्थाले आफ्नो निर्धारित लक्ष प्राप्त गरिसकेको हो वा प्राप्त गर्न अझै बाँकी छ?
ख) भारतमा आफुलाई एशियाकै उत्कृष्ट संस्थाको रुपमा आफुलाई परिचित गराउन सफल AIIMS यहाँ असफल साबित भएको हो?
ग) २६ बर्ष अगाडि जुन उद्देश्य लिएर यो प्रतिष्ठान निर्माण गरेका थियौं के त्यो उद्देश्य समय सँगै परिवर्तन भएको हो?
घ) हाल प्रतिष्ठान आर्थिक र प्रशासनिक जुन रुपमा धराशायी छ के विश्वविद्यालय बनेपछि त्यो अवस्था फेरी रहँदैन?
ङ) अन्तरिक ब्यबस्थापन गर्न नसकेको हालको अवस्थामा विश्वविद्यालय र त्यसका आगिक college हरु (जुन मेडिकल माफियाहरुबाट सञ्चालित छन्)। हामी त्यो व्यवस्थापन गर्न सक्षम छौं ।
च) एउटा विश्वविद्यालय सञ्चालन गर्न चाहिने भौतिक पूर्वाधार बाहेक अन्तरिक र बाह्य प्रभावहरुको ब्यबस्थापन कसरी गर्ने भन्ने कुरामा कुनै कार्यगोष्ठीहरु भएका छन्?