वर्षातको यो समयमा कपालको सुन्दरता कायम राख्न निकै समस्या पर्छ। विशेषगरी युवतीहरुलाई वर्षातमा कपाललाई कसरी सुन्दर बनाउने भन्ने चिन्ताले सताउने गरेको पाइन्छ। वर्षातको समयमा सामान्य कुरामा ध्यान दिने र केही उपाय अपनाउने हो भने धेरै हदसम्म कपालको सुन्दरतालाई जोगाउन सकिन्छ। लगातारको वर्षे झरीमा कपालको सुन्दरता कायम राख्ने १३ घरेलु उपाय यस्ता छन्।
१. सातामा एक दिन दही वा अमलाको धूलो लगाएर कपाल नुहाउने गर्नुपर्छ। यसो गर्दा तपाईंको कपाल नरम, चम्किलो र लामो बन्नुका साथै बलियो पनि बन्छ।
२. सामान्यतया अन्य समयमा झैँ कपाल नुहाइसकेपछि मोटो तौलियाले कपाललाई हल्का ढंगले मिच्दै पुछ्ने गर्नपर्छ। साथै केही समय कपाललाई तौलियामा नै बेरेर राख्नु राम्रो हुन्छ।
३. धेरै जसो युवती तथा महिलाहरुले कपाल नुहाइसकेपछि जोडले झट्काल्ने गल्ती गर्छन्। तर कपाल नुहाइसकेपछि यसरी झट्काल्नु हुँदैन। साथै चर्को घाममा पनि बस्नु हुँदैन।
४. तपाईंले कपालमा लगाउने गरेको तेल एउटै हुनुपर्छ। छोटो समयमा धेरै थरी तेल बदल्दा कपालमा समस्या आउन सक्छ।
६. एक गिलास दहीमा थोरै कालो मरिचको धूलो मिसाएर लगाउँदा कपाल कालो सुन्दर देखिन्छ।
७. कपालमा धेरै बास्ना आउने तेल राख्नु हुँदैन।
८. सर्स्यूको तेलमा कागतीको रस मिसाएर कपाललाई मालिस गर्दा निकै फाइदा पुग्छ। यसरी मालिस गरेको केही समयपछि कपाल नुहाउँदा तपाईंको कपलाको जरा निकै बलियो बन्छ भने कपाल आकर्षक देखिन्छ।
९. अमलाको तेलमा कागतीको रस प्रयोग गरेर मालिस गर्दा पनि निकै फाइदा पुग्ने गर्छ।
९. कपाल सुकेपछि जोडले तेल लगाउनु हुँदैन। विस्तारै औंलाले मालिस गर्दै तेल लगाउनु फाइदाजनक हुन्छ।
१०. पानीमा थोरै भिनेगर मिसाएर कपाल धुने गर्दा चयाबाट मुक्ति मिल्छ। सकेसम्म कम मात्रामा स्याम्पु प्रयोग गर्नुपर्छ।
११. कपालसँगै समग्र स्वास्थ्यका लागि शुद्ध पानी पिउनु फाइदाजनक हुन्छ। त्यसकारण दैनिक १० देखि १२ गिलास पानी पिउनु राम्रो हुन्छ।
१२. सन्तुलित आहार र पौष्टिक खानपिनसँगै नियमित व्यायमले पनि कपालसँगै समग्र शरिरलाई सुन्दर बनाउन मद्धत गर्छ।
१३. धूमपान वा अन्य नशालु पदार्थको सेवन कहिले पनि गर्नुहुँदैन।