नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अन्तर्गत स्थापित नेपाल स्वास्थ्य पेशागत परिषद् देशभरका स्वास्थ्य पेशाकर्मीलाई नि यमन गर्ने कानूनी अधिकारप्राप्त नि काय ‘नेपाल स्वास्थ्य व्यवसायी परिषद्’ हो। यसको मूल उद्देश्य स्वास्थ्य सेवाको गुणस्तर कायम राख्दै आम जनको स्वास्थ्य उपचार सुनिश्चित गर्नु हो। परिषद्ले योग्य, दक्ष र दर्ता भएका व्यक्तिहरूलाई मात्र स्वास्थ्य पेशा अभ्यास गर्न अनुमति दिन्छ। यसले जनताले सुरक्षित र गुणस्तरीय सेवा प्राप्त गर्ने सुनिश्चिततासँगै स्वास्थ्य पेशालाई व्यवस्थित गर्ने महत्त्वपूर्ण जिम्मेवारी बोकेको छ।
ऐनको धारा २० अनुसार, परिषद् अन्तर्गत दर्ता नभएका व्यक्तिले नेपालमा स्वास्थ्य पेशा अभ्यास गर्न पाउँदैनन्।ऐनले ‘स्वास्थ्य पेशा’लाई रोगको नि दान, उपचार, पुनःस्थापना, प्रशामक हेरचाह, रोग रोकथाम र स्वास्थ्य प्रवर्दद्धन सम्बन्धी
सम्पूर्ण गति विधिलाई समेटको छ। परिषद् नियमावली, २०५६ ले स्वास्थ्य पेशागतलाई शैक्षिक योग्यताका आधारमा विशेषज्ञता, प्रथम, द्वितीय र तृतीय तहमा वर्गीकृत गरेको छ। पहिले सञ्चालनमा रहेको लेभल सी (टीएसएलसी) कार्यक्रम मेडिकल शिक्षा आयोगले बन्द गरिसके को छ, जसले पेशागत अभ्यासलाई अझै स्पष्ट संरचना दिएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् नियमावली २०५६ को नि यम १३(घ) मा स्पष्ट रुपमा भनि एको छ- दर्ता भएका स्वास्थ्य पेशागतले आफ्नो योग्यता भित्र मात्र अभ्यास गर्नुपर्छ र क्षमताभन्दा बाहिरका केसहरू योग्य पेशागतलाई सिफारिस गर्ननुपर्छ। यसको उल्लंघन कानुनी अपराध हो। परिषद् ऐनको धारा २८, नियमावलीको नियम ३५, नेपाल क्रिमि नल कोड (धारा २३०–२३८) र सार्वजनिक स्वास्थ्य सेवा ऐन, २०७५ को धारा १३ अनुसार कडा कानुनीकारबाही हुनसक्छ। यसले जनताको स्वास्थ्य सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेको देखाउँछ। परिषद् नियमावली २०५६ को धारा १३(४) अनुसार, प्रत्येक दर्ता स्वास्थ्य पेशागतले आफ्ननो पेशाको गरिमा कायम राख्न, बिरामीप्रति इमानदारी र सम्मानजनक व्यवहार गर्न, गोपनीयता सुनिश्चित गर्न र कुनै प्रकारको भेदभाव नगर्न कानुनी र नैतिक दायित्व बोकेको हुन्छ।
निरन्तर अध्ययन, पेशागत ईमानदारी र सत्य निष्ठा स्वास्थ्य सेवाको आधारशिला मानिन्छ।परिषद्ले बारम्बार आह्वान गर्ने गरेको छ- हरेक स्वास्थ्य पेशागतले कानुन र नियमावलीको पूर्ण पालना गर्दै अभ्यास गर्नु पर्छ। नियम उल्लंघनलाई पेशागत आचरणको उल्लंघनका रुपमा कारबाही गरिनेछ। परिषद्को मुख्य लक्ष्य योग्य, जवाफदेही र नैति क दृष्टिले सुदृढ स्वास्थ्य पेशा व्यवसायी बनाउनु हो, जसले जनतालाई सम्मान, दक्षता र हेरचाहका साथ सेवा दिन सक्छ।
- (भण्डारी नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार हुन्)