![1140x725](https://swasthyakhabar.com/uploads/posts/prajwal1629984484.jpg)
दसैँमा टिका र जमरा लगाउने हाम्रो परापूर्वकाल देखिनै चल्दै आएको चलन संसारमै भिन्न र मौलिक छ। धार्मिक र संस्कृतिक महत्व बोकेका यस्ता चाडपर्ब हाम्रो इतिहास र सभ्यतासंग जोडिएका छन्। तसर्थ यस्ता चाडपर्ब मनाउने र संरक्षण गर्ने हामी सबैको दयित्व बन्दछ। चाडपर्ब मनाउँदा हामीले हाम्रो स्वास्थ्यको हेरचाह गर्नै पर्छ। दसैँमा लगाउने टिका र जमराको महत्व हामी सबैलाई बिधितनै छ। तर दसैँमा लगाइने टिका, टिका बनाउने अबिर र जमराले हाम्रो छालामा केहि असर गर्न सक्छन्। टिका बनाउने अबिरमा हुने रसायनले छालामा एलर्जी गरि छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी फोका आउने, घाउ हुने, घाउ निको हुँदा सेतो दाग छोड्ने हुन सक्छ। त्यस्ता समस्या देखिएमा तुरुन्त टिकालाई पखाल्नु पर्छ र टिका लगाउनु हुन्न। धेरै चिलाउने भएमा नचिलाउने औषधि खाने र मध्यम खालको स्टेरोइड औषधिको मल्हम लगाउनु पर्ने हुन्छ। त्यस्तै जमराले पनि कानमा एलर्जी गरि कानको पछाडिको छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने हुन सक्छ। जमरा र घामको समिश्रणले हुने एलर्जीले पनि छालामा समस्या ल्याउन सक्छ र तेसो भएमा जमरा नलगाउने र घामबाट पनि जमरा लगाएको बेलामा बच्नु पर्ने हुन्छ।
दसैँमा स्वस्थ छालाका लागि अपनाउनुपर्ने ७ सुत्र
१. नियमित सनस्क्रिन प्रयोग : १० बजे देखि ४ बजेसम्मको घाममा सकेसम्म नजाने। हिँड्नु परेमा छहारी भएको ठाउँमा हिड्ने, छाता ओड्ने, नियमित सनस्क्रिन प्रयोग गर्ने, कम्तिमा पनि ३० एसपिएफ भएको सन्स्क्रीन प्रयोग गर्ने। बादल लागेको अवस्था वा घर भित्रै भएपनि सन्स्क्रीन लगाउने। अनुहारमा १ चिया चम्चा (३ देखि ५ ग्राम) सनस्क्रीन प्रयोग गर्न।
२. आफ्नो छालाको प्रकार (चिल्लो, सुक्खा या दुवै ) जस्तो छ त्यही अनुसारको सनस्क्रिन, मोइस्चराइजर र फेसवास प्रयोग गर्ने।
३. छाला सफा गरिसके पछि नमाड्ने: धेरै माँडेमा ड्डीफोहोर र अरु फोकाहरु आउन सक्छ।
४. आफ्नो अनुहारलाई बिहान उठे पछि, राति सुत्नु अगि र पसिना आएपछि धुने
५. अनुहार धुँधा हल्कासंग मनतातो पानीले धुने
६. धूम्रपान मद्यपान नगर्ने।
७. तनाब नलिने
८. आफ्नो छालालाई नियमित रुपमा आफैँ जाँच गर्ने। छालामा अरु भन्दा भिन्न खालको दाग देखा परेमा र दाग चिलाउने, रगत बग्ने भएमा तुरुन्त छाला रोग विशेषज्ञकोमा देखाउने र परामर्श लिने।
९. फलफूल र तरकारी धेरै खाने।
-(छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डा पुडासैनी निजामती कर्मचारी अस्पतालमा कार्यरत छन्।)