काठमाडौं- गण्डकी प्रदेशका एघार जिल्लास्थित सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहतका सबै स्वास्थ्य कार्यालयका प्रमुख र महामारी फोकल पर्सन तथा सबै अस्पतालका तथ्यांक शाखा प्रमुखहरूका लागि स्वास्थ्य प्राविधिकहरूलाई महामारी निगरानी तथा व्यवस्थापन प्रणालीसम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ।
तालिममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वासउपचार केन्द्र तनहुँ, सैनिक अस्पताल पोखरा, सुन्दरबजार नगरपालिका लमजुङका तथ्यांक शाखा प्रमुखहरू, प्रदेशस्तरका कार्यालयका सम्बन्धित शाखा प्रमुख लगायत स्वास्थ्य प्राविधिकहरूको पनि सहभागिता थियो।
गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम मन्त्रालयका सचिव डा विनोद विन्दु शर्माको अध्यक्षता तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहको प्रमुख आतिथ्यता एवम् मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु प्रसाद ज्ञवाली, महाशाखा प्रमुखद्वय सुरज गुरौ र डा रमेशकुमार केसीको आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त तालिममा मन्त्रालयका नीति योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सुरज गुरौ, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कोशल चन्द्र सुवेदी, पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका तीर्थराज गौतम, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका रिन्छेन चालिसे, मन्त्रालयका बुद्धिसागर अधिकारी, विश्वस्वास्थ्य संगठनका डा राजिब लालचन, दिज्सन ढकाल रबिरोध कट्टेलले सहजीकरण गरेका थिए।
सफ्टवेयरमा आधारित उक्त प्लेटफर्म मार्फतसमुदायस्तर वा स्वास्थ संस्थामा कुनै पनि प्रकोपको रूपमा फैलन सक्ने सम्भावित स्वास्थ्य घटना घटेको तत्काल थाहा हुने बित्तिकै प्रणाली मार्फत प्रतिवेदन हुने, खोजपडताल गरी परीक्षण वा अन्य विधिबाट घटनाको निश्चितता भए पश्चात् कस्लेकसरी कहाँबाटप्रतिकार्य गर्ने, कस्को के भुमिका रहने लगायत विषयको निर्क्यौल हुनेछ।
उक्त प्रणाली मार्फत संघ, प्रदेश र स्थानीय तहको समन्वयात्मक भूमिकामा स्वास्थ्य प्रकोप छिटो व्यवस्थापन हुने अपेक्षा गरिएको छ। मन्त्रालय मातहतका एघार वटा स्वास्थ्य कार्यालयहरू र बाह्र वटा अस्पतालहरूका लागि तालिम सँगैउक्त प्रणाली संचालन गर्नका लागि आवश्यक हुनेएक-एक थान ट्याबलेट समेत हस्तान्तरण गरिएको छ।
उक्त अवसरमा बोल्दै अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहले स्वास्थ्य क्षेत्रमा गण्डकीप्रदेशबाट केहि नवीनतम कार्य गर्न सम्भव हुने देखिएकोले नेपाल सरकारले सोरमास प्रणाली गण्डकी प्रदेशबाट लागू गरेको बताउँदै उक्त प्रणालीको प्रयोगले समुदायस्तरबाट स्वास्थ्य सम्बन्धी घटनाको तत्काल जानकारी प्राप्त भई स्थानीय तह, प्रदेश र संघीय सरकारलाई खोजपड्ताल गर्न तथा रोगको परीक्षण, निदान, उपचार तथा नियन्त्रण गर्न छिटो, छरितो र व्यवस्थित हुने बताए।
मन्त्रालयका सचिव डा विनोद विन्दु शर्माका अनुसार स्वास्थ्य क्षेत्रका विद्यमान सर्भिलेन्स प्रणालीहरू निश्चित सूचकमा आधारित मात्र रहेका हुनाले समुदायस्तरको खास घटना समाचारको माध्यमबाट पत्र-पत्रिका मार्फत मात्रै स्वास्थ्य प्रणालीलाई थाहा हुने गरेकोमा घटनामा आधारित रहेको सोरमास मार्फत अब सबै जानकारी अनलाइनका मध्यमबाट स्थानीय तह, प्रदेश र केन्द्रसम्म एकैपटक तत्कालै थाहा हुने तथा स्वास्थ्य प्राविधिक मार्फत सो को निर्क्यौल भई रोग नियन्त्रण गर्न सकिने भएको छ।
सचिव शर्माका अनुसार समुदायमा घटेको कुनै पनि घटनाका बारे खबर प्राप्त हुनासाथ स्थलगत रूपमै स्वास्थ्य प्राविधिकले मोबाइल वा ट्याबलेट मार्फत उक्त प्रणालीमा विवरण प्रविष्ट गर्ने छन्, उक्त अवस्थामा इन्टरनेट नभए पनि प्रणालीमा तथ्यांक सुरक्षित रहने र कार्यालयमा पुगे पश्चात इन्टरनेटको माध्यमबाट तत्काल रिपोर्टिङ्ग हुने व्यवस्था मिलाइएको छ।
गण्डकी प्रदेश सरकारको उच्च प्राथमिकतामा रहेको एकीकृत जनस्वास्थ्य सर्भिलेन्स कार्यक्रमलाई मद्दत पुग्ने गरी तयार गरिएको उक्त प्रणाली नेपाल सरकारको निर्णयानुसार २०८० साउन ८ गते देखि गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री मा. सुशिला सिंखडाज्यूबाटउद्घाटन भई नेपालमै पहिलोपटक गण्डकी प्रदेशमा लागू गरिएको थियो।हाल उक्त प्रणाली सुदूरपश्चिममा समेत लागू गरिएको छ।
गत आ.व. २०७९/८० मा स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय,गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहहरूका लागि सो प्रणालीमा तथ्यांकप्रविष्ट गर्नका लागि आवश्यक हुने विद्युतीय उपकरण-ट्याबलेट प्रति स्थानीय तह एक थान उपलब्ध गराउनुका साथै प्रणालीसंचालन सम्बन्धी प्रति स्थानीय तह २ जना स्वास्थ्य प्राविधिकहरूका दरले विभिन्न ८ चरणमा तालिम सम्पन्नगरिएको थियो।
स्वास्थ्य कार्यालय कास्कीको आयोजना तथा मन्त्रालयको समन्वयमा २०८०कार्तिक ०२ गते कास्की जिल्ला स्थित सरकारी तथा निजि अस्पतालहरूका फोकल पर्सनहरूलाई सो प्रणाली सम्बन्धीअभिमुखीकरण सम्पन्न भएको र सो पश्चात उक्त अस्पतालहरूबाट प्रणालीमा तथ्यांक प्रविष्ट हुने कार्यको थालनी भएको छ।
वेव तथा मोबाइल भर्जनमा समेत विकास गरिएको उक्त ओपन सोर्स प्रणालीका माध्यमबाट कुनै पनि स्वास्थ्य समस्या महामारीको रूपमा फैलनबाट समयमै रोकी तत्काल व्यवस्थापनगर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।