काठमाडौं- नेपाल जनस्वास्थ्य प्रतिष्ठान, द वान हेल्थ ट्रष्ट र ग्लोबल एन्टीमाइक्रोबिअल् रेसिस्टेन्स पार्टनरसिपद्वारा संयुक्तरूपमा “प्रतिजैविक प्रतिरोध र खोप” नामक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छl प्रतिजैविक प्रतिरोधलाई विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य चुनौतीको रूपमा व्याख्या गरेको छl प्रतिजैविक प्रतिरोधलाई रोक्न विश्वमा धेरै रणनीतिहरु निर्माण भएका छन्l
प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्नको लागि खोप एक महत्त्वपूर्ण रोकथामको उपाय होl खोपले संक्रमण कम गरेर प्रतिजैविक औषधिहरुको प्रयोगलाई कम गरि प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्दछl त्यसैले खोपलाई प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्ने साधनको रूपमा प्रवर्धन गर्ने उद्दश्यले यो कार्यशाला गोष्ठी संचालन गरिएको हो.
कार्यक्रममा गार्प नेपालका अध्यक्ष प्राडा पारस कुमार पोखरेलले छिट्टै नै मानिसहरुले खोपलाई प्रतिजैविक प्रतिरोधको नियन्त्रण गर्ने सबैभन्दा दिगो र भरपर्दो विकल्पको रूपमा बताए। डा समीरमणि दिक्षितले पशु स्वास्थ्यलाई पनि समान महत्व उदेश्यमा सफल हुने बताए। द वान हेल्थ ट्रष्टका वरिष्ठ रिसर्च एनालिस्ट ऋषिराज भागावतीले खोपले संक्रमणका साथसाथै प्रतिजैविक औषधिहरुको प्रयोग घटाउने बताए। डा अभिलाषा कार्कीले रोगको उपचार र प्रतिजैविक औषधिको तुलनामा खोपको प्रयोगले आर्थिक रूपमा धेरै फाइदा हुने बताइन्।
परिवार कल्याण महाशाखाकी डा उर्मिला लामाले खोपमा गरेको लगानीको फाइदाहरु धेरै हुने र खोप लगाएको व्यक्तिलाई संक्रमण भइहालेमा पनि खोप नलगाएको व्यक्ति भन्दा कम गम्भीर हुने हुनाले खोप अति आवश्यक रहेको बताइन्।