पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३३ अर्बको बजेट ल्याएको छ। गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजारको बजेट प्रस्तुत गरेका हुन्।
यो चालू आर्थिक वर्षभन्दा ४५ करोड कम हो। चालू आर्थिक वर्षमा गण्डकी सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख बजेट ल्याएको थियो। चालूतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री गुरुङले बताए। यस्तै वित्तीय व्यवस्थापनतर्फ सरकारले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
गुणस्तरीय पूर्वधार तथा उत्पादनमा अभिवृद्धि, रोजगारी तथा आयमा वृद्धि र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन अभिवृद्धि गर्नेलगायतका उद्देश्यका साथ बजेट प्रस्तुत गरिएको मन्त्री गुरुङले बताए। तर, उनले स्वास्थ्यको महत्व भने बुझ्न सकेको देखिदैन। उनले प्रस्तुत गरेको बजेटले स्वास्थ्य क्षेत्रका समस्या समाधान उन्मुसख हुने संकेत गरेको देखिदैन।
यस्तो छ बजेट
- स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि लक्षित वर्गमा स्वास्थ्य बीमा, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, कडा रोगको उपचारमा आर्थिक सहायता, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको लागि निःशुल्क परीक्षण, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ जिल्लाअस्पताललाइ २५ शैय्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाई ५० शैय्या क्षमतामा स्तरोन्नति गर्न तथा गोरखाको आँपपिपल अस्पताल र बाग्लुङको बुर्तिबाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- संक्रामक तथा सरुवा रोग अस्पताललाई प्रदेशको विशिष्टीकृत अस्पतालको रुपमा विकास गरिनेछ । प्रदेशस्थित रेफरल अस्पतालमा न्युरो इन्टरभेन्सन रेडियोलोजी सेवा, मातृशिशु मितेरी अस्पतालमा निःसन्तानपनको उपचार सेवा र हिमाली तथा उच्च पहाडी क्षेत्रका स्वास्थ्य संस्थाहरुमा आवश्यक जनशक्ति, उपकरण र प्रविधिसहित उच्च भेगीय विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- प्रदेशको मातृ तथा नवशिशु मृत्यु दरलाई न्यूनीकरण गर्न प्रदेशका सबै जिल्लाहरूमा कम्प्रीहेन्सिभ इमर्जेन्सी अब्स्टेट्रिक एण्ड नियोनेटल केयर सेवा सुनिश्चित गरी मातृशिशु मृत्युको नियमित निगरानी, संस्थागत सुत्केरी प्रवर्द्धन, सिमुलेसन बेस्ड मेन्टरसिप कार्यक्रम, रणनैतिक स्थानमा प्रसूति प्रतीक्षा गृहको स्थापना र ग्रामीण भेगमा अल्ट्रासाउन्ड सेवाको विस्तार गरी गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूति सहित “पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश" बनाउने अभियानलाई निरन्तरता दिई सो कार्यका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- प्रवर्द्धनात्मक तथा प्रतिकारात्मक स्वास्थ्य सेवालाई थप प्रभावकारी र नतिजामुखी बनाउन एकीकृत जनस्वास्थ्य अभियान मार्फत सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रण, मानसिक रोग एवम् आत्महत्या रोकथाम, प्रजनन स्वास्थ्य प्रवर्द्धन, स्वस्थ जीवनशैली र वातावरणीय स्वास्थ्य प्रवर्द्धन, बालबालिका, किशोरकिशोरी, महिला, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गको पोषण स्थितिमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु ।
- स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि लक्षित वर्गमा स्वास्थ्य बीमा, रगत तथा रक्तजन्य पदार्थको निःशुल्क उपलब्धता, कडा रोगको उपचारमा आर्थिक सहायता, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको लागि निःशुल्क परीक्षण, जोखिममा परेका गर्भवती र सुत्केरी महिलाहरूको हवाई उद्धार लगायतका सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै आवश्यक बजेटको व्यवस्था गरेको छु ।
- विशेषज्ञ र विशिष्टीकृत स्वास्थ्य सेवालाई विकास र विस्तार गर्न मनाङ र मुस्ताङ जिल्ला अस्पताललाइ २५ शैय्या र पर्वत, स्याङ्जा, दमौली, मध्यविन्दु र मातृशिशु अस्पताललाई ५० शैय्या क्षमतामा स्तरोन्नति गर्न तथा गोरखाको आँपपिपल अस्पताल र बाग्लुङको बुर्तिबाङ प्रादेशिक अस्पताललाई सञ्चालनमा ल्याउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।