विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार मनाउने गरिन्छ। संसारलाई नै दृष्टिमा कमजोरी र अन्धोपन बारेमा ध्यानाआकर्षण गर्नको निम्ति मनाउने गरिएको हो। जसको सुरुवातथ १२ अक्टोबर २००० मा सुरु भएको थियो। लब योर आईज (आफ्नो आँखालाई माया गरौं) नाराका साथ यसवर्ष बालबालिकाको आँखालाई विशेष प्राथमिकता दिएको छ र विद्या तथा अभिभावकहरुलाई आँखामा ध्यान दिएर परीक्षण गराउन अनुरोध समेत गरिएको छ।
नेपालमा पनि 'आँखालाई माया गरौं, बालबालिकाको आँखालाई विशेष ख्याल गरौं’ भन्ने नाराका साथ मनाइयो।
विश्वमा करिब ४५ करोड बालबालिका आँखाको समस्याबाट पिडित छन् भने नेपालमा करिब ११ लाख बालबालिकाहरुमा दृष्टिदोष भएको अनुमान गरिएको छ। जस मध्य करिब ७ लाख उपचार को पहुँच नहुँदा समस्यामा परेका छन् । पहुँच, उपलब्धता, सुलभताका कारण आँखा सेवाबाट बन्चित भइरहेका छन्। कम र मध्यम आय भएको राष्ट्रमा झन्डै २-५ गुणा आँखाको समस्या भएका बालबालिका विद्यालय नै जाँदैनन् र समयमै आँखाको उपचार गरेमा समस्याको समाधान हुन्थ्यो।
नेपालमा प्रत्येक वर्ष विद्यालयहरुमा आँखाको शिविर बढ्दैछ र विद्यालयका साथसाथै विद्यार्थी र अभिभावक सचेत भएका छन्। अझै केही निजी बिद्यालयले भर्नाकै समयमा बालबालिकाको आँखा परीक्षण गरेको रिपोर्ट माग्ने गरेका छन्। जसले आँखाप्रति संवेदनशील बनिरहेको दर्शाउँछ। यो सवै विद्यालय लागु गर्नुपर्छ।
बालबालिकाहरुले सिक्ने कुरा ८० प्रतिशत दृश्य प्रणालीमार्फत् हुने अनुमान गरिएको छ। बिद्यालयले आँखा परीक्षण कार्यक्रम निकै लाभदायी र आवश्यक कार्यक्रम हो । जसले समयमै समस्या पहिचान गरी समाधानका उपाय खोज्न सघाउँछ।
विद्यालयमा आँखा परीक्षणको महत्व
• दृष्टिदोष भएका बालबालिकाहरुमा हुने सबैभन्दा सामान्य तर महत्वपूर्ण आँखाको समस्या हो।
• दृष्टिको समस्याहरूले गर्दा बालबालिकाको सिकाइ र पढाइमा नै असर पर्छ ।
• राम्रो दृष्टि बालबालिकाको शैक्षिक अनुभवहरूमा भाग लिने र लाभउठाउने क्षमताको लागि महत्त्वपूर्ण छ। दृष्टिदोष भएका बालबलिकाको समयमा नै उपचार नभए पढाईमा नै गम्भीर असर पर्न सक्छ र उनीहरुले चस्माको प्रयोग गरेमा ४४ प्रतिशत समस्या घटाउन सकिन्छ।
• बालबालिकाको दृष्टिमा सुधारले शिक्षा स्थितिमा योगदान पुर्यााउनुकै समग्र स्वास्थ्यमा राम्रो हुन्छ।
किन सहयोग खोज्दैनन् बालबालिका?
कक्षामा टाढाको वस्तु विशेषगरी बोर्डहरूमा अक्षरहरू देख्न समस्या भएता पनि बालबलिकाहरु डरका कारण तुरुन्तै सहयोग खोज्दैनन्।
१) आँखामा कुनै समस्या देखिएमा अभिभावकले कम्प्युटर, मोबाइलको प्रयोगमा रोक लगाउने हो कि भन्ने डर हुन्छ।
२) परीक्षणका लागि आँखा क्लिनिक/अस्पताल जाने डर लाग्छ।
३) चश्मा प्रयोग गर्नुपरेमा साथीहरूले जिस्काउने डर हुन्छ, जुन नकारात्मक सामाजिक धारणा हो
४) खेलकुदमा भाग लिन नसक्ने वा नपाउने डर हुन्छ ।
५) सानै उमेरमा चस्मा आवश्यक परेमा आत्मविश्वास्वास गुमाउने ड रहन्छ।
बालबालिकाको दृष्टिको समस्याको पहिचान कसरी गर्न सकिन्छ?
१) कुनै विद्यार्थी सधैं कक्षाको अगाडि बस्नरु चाउँछ भने
२) कक्षामा पछाडी बस्ने बिद्यार्थी अचानक अगाडि बस्न थालेमा।
३) सधैं साथीहरूबाट नक्कल वा हल्ला गरिरहेको छ भने।
४) नजिकबाट टिभी हेर्न रुचाउन थालेमा।
विद्यालय आँखा शिविरका फाइदाहरू:
• उनीहरुलाई दृष्टिको कुनै समस्या भएको महसुस नभएता पनि बालबालिकामा हुने दृष्टिदोष समयमा नै पहिचान हुन्छ ।
• जन्मजात आँखाको समस्या जस्तो रङ्ग छुटाउने (कलर भिजन) सक्ने न सक्ने थाहा हुन्छ र समस्या भएमा भविष्यमा के पेशामा जाने भनेर सोच्न सकिन्छ ।
• परीक्षण गर्दा साथीहरु अगाडि नै भएकोले डर कम हुन्छ
• स्वस्थ आहार तथा आफ्नो दैनिक आँखाको स्वास्थको आफैं हेरविचार गर्न गर्न सक्छन्।
• आँखाको समस्या भएका बालबालिकाहरूको प्रारम्भिक पहिचान र रेफरल तथा चश्मा, भिजन थेरापी गरिन सकिन्छ।
• धेरै अभिवावकले कामबाट समय निकाल्न गाह्रो हुनको कारण समयमा परीक्षण गर्न पाउँदैनन् र विद्यालयमा नै परीक्षण भएमा अभिवावकहरुलाई पनि सजिलो हुन्छ।
• (डा मल्ल नेत्ररोग विशेषज्ञ तथा नेपाल अप्थाल्मीक सोसाइटीका कोषाध्यक्ष हुन्)