काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको निधन भएको छ। निजामती कर्मचारी अस्पतालमा उपचाररत रामनारायण शाहको ७७ वर्षको उमेरमा निधन भएको हो।
उनी अचेत अवस्थामा हिजो अस्पतालमा उपचारका लागि आकस्मिक कक्षमा भर्ना गरिएको थियो। स्वास्थ्यमा थप समस्या आएपछि उनलाई सघन उपचार कक्षमा सारिएपनि उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।