काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतम र श्रीलंकाका राजदूत रुवान्थी देलपिटियाबीच शिष्टाचार भेट भएको छ।
भेटमा श्रीलंकामा समुद्री आँधीको प्रभावले आएको विनाशकारी बाढीबाट भएको क्षतिबारे स्वास्थ्य मन्त्री डा गौतमलाई जानकारी गराएकी थिइन्। नेपाल सरकारले हालसम्म गरेको सहयोगप्रति धन्यवाद दिँदै उनले थप सहयोगको लागि अनुरोध समेत गरिन्।
मन्त्री गौतमले प्रकोपबाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै थप स्वास्थ्य सामग्री लगायतका सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।