काठमाडौं - नेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालय (केयु) का विद्यार्थीहरुको मागका सम्बन्धमा छलफल गर्ने भएको छ।
केयुका एमडी/एमएस/एमडीएस तहका विद्यार्थीहरुले काउन्सिलले सञ्चालन गर्न लागेको विशेष परीक्षामा भाग लिन पाउनुपर्ने माग गरेका थिए। सोही मागका विषयमा मंसिर १९ गते शुक्रबार छलफल गर्न लागिएको काउन्सिलले जनाएको छ। उक्त बैठक काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुषालको अध्यक्षतामा हुनेछ।
काउन्सिलले यही मंसिर १६ र १७ गते सञ्चालन गर्न लागेको विशेष परीक्षामा भाग लिन पाउनुपर्ने केयूका विद्यार्थीहरुको माग छ। केयूको नियमित परीक्षाहरु वैशाखमा सकिएपनि ७ महिना ढिला गरी पूरक परीक्षा कार्तिक मात्र सञ्चालन भएको थियो।
पूरक परीक्षा मंसिर ८ गते सकिएकाले ४ गतेसम्म फारम भर्ने मौका समेत छुटेको विद्यार्थीहरुको भनाई छ। हाल केयूमा ४० जना विद्यार्थी एमडी/एमएस अध्ययनरत छन्।