संसारमा हुने धर्म, विज्ञान, दर्शन, नीति, राजनीति यी सबै सिद्धान्तमा आधारित छन्। सिद्धान्त शब्द प्राचिन ग्रीक शब्द थियोरियाबाट आएको हो, जसको अर्थ हेर्नु या गहिरो अध्ययन गर्नु हो। अमेरिकन नर्सेज एसोसिएसन (ANA )ले नर्सिङ सिद्धान्तहरुलाई सिकिस्त बिरामीका हेरचाहलाई महत्वपूर्ण दायराको रुपमा ब्याख्या गरेको छ तथा सेवा सम्बन्धि निर्णय लिन सक्ने आधार को रुपमा ब्याख्या गरेको छ। अर्थात् नर्सिङ विषयका सम्भावित प्रश्नहरुसँग सम्बन्धित कथनहरुको संगठित र व्यवस्थित अभिव्यक्ति नै नर्सिङ सिद्धान्त हुन्। यसले नर्सिङ अभ्यास, शिक्षा, अनुसन्धान, सिद्ध, खोज र व्यवस्थापनको लागि निश्चित रुपरेखा प्रदान गर्ने गर्छ।
नर्सिङ सिद्धान्त किन महत्वपूर्ण छन् ?
नर्सिङ सेवामा आवध सेवाहरु अभ्यासमा ल्याउँदा ज्ञानमा आधारित अवधारणाहरुको संगठन नै सिद्धान्त हुन्, जसले परिचारिका सन्दर्भित अभ्यासको दायरालाई अनिवार्य रुपमा परिभाषित गर्दछ। हेरचाह प्रणालीका विभिन्न मापदण्डहरुको रूपरेखालाई बैज्ञानिक रुपमा प्रमाणित गर्न तथा आधारभूत कार्यहरु वर्णन गर्न सिद्धान्तले प्रमुख भूमिका निर्वाह गर्छ। नर्सिङ पेशा सन् १९९९ देखि विश्वासिलो पेशा (most trusted profession ) को रुपमा मानिदै आएको छ, पेशालाई प्रोफेसन बनाउन निरन्तर सोध, अनुसनधान, खोज तथा बैज्ञानिक परिभाषित सिद्धान्त चाहिन्छ। फ्लोरेन्स नाईटिङ्गलद्वारा संशोधित नर्सिङ विधा एउटा आत्मनिर्भर निर्णयलि बिरामीको उपचार गर्न सक्ने विधा हो। नर्स व्यक्ति, परिवार, समुदाय, निरोगी तथा रोगि सबै लाई सेवा गर्दछ, हरेक पाईला निर्धक्क भएर अगाडी बढ्न मद्दत गर्दछ। मूलत: सिद्धान्तहरु महत्वपूर्ण छन् किन भने यसले निर्णय line कार्यलाई मार्गदर्शन दिने, नर्सिङ शिक्षालाई बैज्ञानिक आकार दिने, अनुसन्धान गर्ने, नर्सिङको पहिचान परिभाषित गर्ने गर्दछ। यसले गुणस्तर सेवा प्रदान गर्न मद्दत गरेसँगै नर्सिङलाई अन्य पेशाबाट अलग गर्ने, अन्तरविषय सहकार्य सुधार गर्ने गर्दछ।
नर्सिङ सिद्धान्त भन्नाले के बुझिन्छ ?
केर्लिङ्गरले सिद्धान्तलाई अवधारणाहरु बिचको अन्तरसम्बन्धका रुपमा व्याख्या गरेका छन्, जसले घटनाको व्यवस्थित दृश्टिकोणले वर्णन गर्ने गर्छ। नर्सिङ सिद्धान्तमा प्रमुख चार अवधारणाहरु व्यक्ति, ग्राहक, वातारण, स्वास्थ्य/रोग र नर्सिङ बीचको विशिष्ट सम्बन्ध समाबेश गर्दछ। मेटापाराडिज्म अनुसार शारीरिक, अध्यात्मिक, मनोबैज्ञानिक तथा सामाजिक-सांस्कृतिक लगायतका नर्सिंङ सेवा प्राप्त गर्ने नै व्यक्ति हुन्, भने स्वास्थ्य भनेको व्यक्तिको एक गतिशील अवस्था हो जहाँ व्यक्तिको विकासात्मक र व्याहारिक क्षमता दुवै सकेसम्म पूर्ण रुपमा हुनु हो।
वातावरण भनेको ग्राहकलाई असर गर्ने सम्भावित सबै अवस्था तथा स्वास्थ्य कायम राख्रन चाहिने सम्पूर्ण हेरचाह सम्बन्धित क्रियाकलापहरु हो। नर्सिङ भनेको वास्तविक वा सम्भावित स्वास्थ्य समस्याहरुप्रति मानव प्रतिक्रियाहरुको निदान र उपचार हो। विभिन्न नर्सिंग विज्ञहरु ले दिएका सम्पूर्ण सिद्धान्तहरु यी चार अवधारणामा आधारित छन्।
नेपालको अस्पतालहरुमा नर्सिङ सिद्धान्त र प्रयोगको सम्भाव्यता
फ्लोरेन्स नाइटिङ्गलको वातावरणीय सिद्धान्त:
नाइटिङ्गल यस क्षेत्रमा सिद्धान्तहरुको अग्रणी हुन्। उनी प्रकृतिको नियममा दृढ विश्वास गर्थिन्, किनकि उनले जोड दिइन् कि प्रकृतिका केही नियमहरू छन्, जुन यदि मानिसहरूमा सही रूपमा लागू गरियो भने, स्वास्थ्य पुनर्स्थापित गर्न र रोगबाट बच्न मद्दत गर्न सक्छ। उनले छ वटा -D's पत्ता लगाइन्, जसअनुसार डर्ट, ड्रिङ्क, डाइट, डयाम्प, ड्राउट, ड्रेन्स हुन्, यी डी-ले रोग लगाउँछन्। उनले त१३वटा केनोन व्याख्या गरे भेन्टिलेसन (हावा), वार्म्थ (न्यानोपन), फ्री ओफ ओडोर (गन्धरहित), सरसफाई भएको, उज्ज्यालो कोठा, शान्त वातावरण बनाउने, बिरामी लाई कार्ड, फूल दिने जस्ता कुरा हरु पर्दछ। प्राय: नेपाली नर्सहरुले यी नियम अनायासै गर्ने गर्छन्, जस्तो कि बिरामी को ओछ्यान मिलाउने, बिरामी लाई ओछ्यानमै नुहाउने जस्ता कामहरु, तर बेसिक ट्रेनिङ्ग पाएका नर्सहरु ले नर्सिङ थ्यौरीको बारेमा अद्ध्यन नगेरेको हुनाले ई काम गर्न हिच्किछाउँछन्। तथा प्रायः सिद्धान्त ज्ञान भएको नर्सले अन्य कोलाबोरेसन संगै नेचर अफ ल लाई सम्मान पूर्वक काम गर्ने गर्छन्।
डोरोथिया एलिजाबेथ ओरेम को सिद्धान्त: आत्म-हेरचाहको कमी
डोरोथियाले आफ्नो ओरेम मोडेल अफ नर्सिङ वा सेल्फ-केयर डेफिसिट नर्सिङ थ्योरीलाई घरेलु स्तरमा मानव कार्यलाई प्रभावकारीता कायम राख्न वा सुधार गर्न आत्म-केयरको प्रावधान र व्यवस्थापनमा अरूलाई सहयोग गर्ने कार्यको रूपमा परिभाषित गरे। सिद्धान्तमा तीन भागहरू छन्; आत्म-हेरचाह, आत्म- हेरचाहको कमि र नर्सिङ प्रणाली। वक्तिले आफुलाई स्वास्थ्य राख्न आफैले गर्ने क्रियाकलापलाई सेल्फ केयर भनिन्छ भने जसले सेल्फ केयर पुरा गर्छ उ (बिरामी लगायत) सेल्फ केयर एजेन्सी हो।
यदि सेल्फ केयर सेल्फ केयर एजेन्सीले पुरा गर्न नसके नर्सको आवस्यकता पर्ने गर्दछ। होल-कम्पेन्सेट्रि नर्सिंग सिस्टम, पार्सियल नर्सिंग सिस्टम र सपोर्टिभ एजुकेटिभ नर्सिङ सिस्टम गरी तिनवटा सिस्टममा छुट्याएको छ। यदि बिरामी निकै सिकित्स भए नर्सले आधारभूत सेवा देखि सम्पूर्ण सेवा गर्ने गर्दछन। जस्तो कि आई सी यु मा भर्ना हुने बिरामी को मुख धुने, बेड मिलाउने, नुहाउने, औषधि दिने देखि अक्सिजन दिने, पिसाब नाली लगाउने, हिड्दुल गराउने, कसरत गराउने, शल्यक्रिया सम्बन्धि सेवा गर्ने गर्छन्। यदि कुनै कुनै काम बिरामी या बिरामीका आफन्त गर्न सक्छन भने बिरामी र आफन्त लाई नर्सले मद्दत गर्ने गर्छन जस्तो कि बाथरूम सम्म पुर्याई दिने, बेड मिलाउने काम, ब्रस गर्ने काम सबै बिरामी आफैले गर्छन, भने नर्सले कसरत गर्न हेल्प गर्छन्, औषधि खान मद्दत गर्छन तथा जटिल क्लिनिकल काम गर्छन्। जुन बिरामी सबै काम आफै गर्न सक्छन् भने नर्सको काम स्वास्थ्य शिक्षा दिने तथा जटिल काम गर्न मद्दत मात्र गर्छन। नेपाली नर्स सचेत हुनु जरुरि छ, किनकि ओरेम्स सिद्धान्त को बारेमा थाहा नपाएर बिरामीले आफैले गर्न सक्ने काम पनि होस्पितल को पोलिसीको नाम मा काम गरि रहेका छन्, यी सिद्धान्त ले नर्स लाई सेल्फ डिपेण्डेण्ट भएर स्मार्ट नर्स बन्न मद्दत गर्छ।
अन्य सिद्धान्तहरु: भर्जिनिया हेण्डर्सन ले नर्सिङ नीड अर्थात् आवश्यकता सिद्धान्त दिएका छन्, जसअनुसार प्रत्येक व्यक्तिको १४-वटा आधारभूत आवस्यकता हरु हुन्छन जस्तो कि फिजियोलोजी निड; खान खानु, पीउनु, सरिर को फोहर निस्किनु, खतरा संग बच्नु, साइकोलोजी निड; मनका कुरा गर्न सक्नु, पिडा व्यक्त गर्न सक्नु, नयाँ कुरा सिक्ने उत्साह हुनु, यसैगरी आत्मीयता निड, इत्यादी इत्यादि हुन्। यदि १४-निड पूरा हुन नसके बिरामी भइन्छ र नर्सको सेवाको आवश्यकता पर्ने गर्दछ। आऎमोजन किङ्ग को उद्देश्य प्राप्त गर्ने सिद्धान्त / गोल एटेन्मेण्ट थ्यौरी अनुसार नर्स र बिरामी दुवैको आ-आफ्नो स्वास्थ्य सम्बन्धि उद्देस्य हुने गर्छ, उनि हरु अस्पताल मा भेट्छन्, एक अर्काको उद्देश्य भन्छन्, र त्यहि अनुसार नर्सिङ सेवा सम्बन्धि क्रिकलप छलफल गर्छन र आ-आफ्नो भागका काम गर्छन। नर्स बिरामी को स्वास्थ्य पूर्ति गर्न डाक्टर, फर्मासिस्ट, ल्याब टेक्निसियनसँग मिलेर काम गर्छन्।
नर्सिङ सेवाको गुणस्तर बढाउन, बिरामीको स्वास्थ्य सन्तुलन राख्न, रोग बात बचाउन, बचाउन नसके शान्तिपूर्ण मृत्युसम्म सेवा गर्नलाई नर्सले विभिन्न सिद्धान्त बारे जानकारी पाउनु जरुरी छ। इन्सर्भिस एजुकेसन, तालिम, सही पोलिसीका माध्यमबाट नर्समा चेतना जगाउनु सँगै बिरामी र नर्स बीचको उपचार सम्बन्ध, राम्रो वातावरण बनाउनु अहिले आधुनिक मेडिकल सेवा का आवस्यकता हुन्।
(लेखक पूजा प्रकाश नेपाल मेडिकल कलेजमा लेक्चरर छन्)