काठमाडौं – प्रसिद्ध नेत्रविज्ञ डा. सन्दुक रुईटले पछिल्ला दिनमा भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड नगर्न विशेष आग्रह गरेका छन्।
उनी भन्छन्, 'युवाहरूको अदम्य साहसले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य बनाएको छ। अब, तिमीहरू सबै संयमित भई देश र जनताको सम्पत्ति जोगाउनुपर्ने बेला आएको छ।'
'सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। त्यसैले सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं,' डा. रुईटले आफ्नो सन्देशमा भनेका छन्।
उनले तिमीहरू सबैलाई एकताबद्ध भएर देश जोगाउन र निर्माणमा जुट्न आह्वान गरेका छन्।