हाम्रो शरीरमा रहेका संवेदनशील बिन्दुहरू (जसलाई हामी अकुप्वाइन्ट पनि भन्छौं) मा रौं जस्ता मसिना सुईहरूले भेदन गरी गरिने उपचार पद्दतिलाई अकुपञ्चर भनिन्छ । मित्रराष्ट्र चीनको परम्परागत चिकित्सा पद्दतिको थियान्चीन विश्वविद्यालयका प्राध्यापक डा. श्र स्वेमिन (Shi Xuemin) ले सन् १९७२ मा मस्तिष्कलाई जगाउने, चेतना जगाउने, अवरोध भएका प्राणशक्ति बग्ने बाटोेहरू, छिद्रहरूलाई खुलाउने, अवरोध हटाउने विशेष प्रकारको अकुपञ्चर विधिको विकास गर्नुभयो । त्यो विधिलाई सिङनाओ खाइछ्याओ (Xing Nao Kai Qiao) अकुपञ्चर भनिन्छ ।
यस अकुपञ्चर विधिको शाब्दिक अर्थ यस प्रकार रहेको छ : सिङ को अर्थ चिनियाँ भाषामा जगाउनु वा उठाउनु भन्ने हुन्छ । नाओको अर्थ मस्तिष्क हो । खाईको अर्थ खोल्नु वा अवरोध हटाउनु भन्ने हुन्छ । छ्याओको अर्थ छिद्र, प्वाल र विशेषतः मुटु, मस्तिष्कको चेतनासँग सम्बन्धित छिद्र भन्ने जनाउँछ । यसले विशेषतः हाम्रो मस्तिष्कको बाह्य आवरण अर्थात् समग्र कर्टिकल क्षेत्रको उत्तेजना, पुनस्थापना, सुधार र मस्तिष्क तथा स्नायु मार्गमा विद्युतीय उर्जा प्रवाह सुधार भन्ने बुझाउँछ ।
अकुपञ्चरले कसरी चेतना जगाउँछ ?
हाम्रो मस्तिष्कको मध्य मस्तिष्क अर्थात् मिडब्रेन भन्ने ठाउँमा चेतनासँग सम्बन्धित एक प्रणाली रहेको हुन्छ । जसलाई हामी स्नायु सञ्जाल प्रणाली अर्थात् रेटिकुलर सिस्टम भन्दछौं । अकुपञ्चरले यही रेटिकुलर प्रणालीमाथि काम गर्दछ । त्यसलाई सक्रिय बनाउँछ । साथै, विभिन्न प्रकारका रासायनिक तत्व जस्तै डोपामिन, नरइपिनेफ्रिन, सेरोटोनिन, एसिटाइल कोलिनको उत्पादनलाई बढाउँछ । मस्तिष्कमा रक्त प्रवाह वृद्धि गर्दछ र मस्तिष्कघातपश्चात् हुने सुजनलाई कम गर्दछ । अकुपञ्चरले न्युरोप्लास्टिसिटीलाई बढाउँछ । मस्तिष्कघातपश्चात् पुनस्र्थापनाको मुख्य उद्देश्य भनेकै न्युरोप्लास्टिसिटिको विकास गर्नु हो ।
के हो त न्युरोप्लास्टिसिटि ?
न्युरोप्लास्टिसिटीलाई मस्तिष्कको लचकता पनि भनिन्छ । मस्तिष्कको लचकता भन्नाले मस्तिष्कले आफुलाई परिवर्तन गर्ने र पुनः सङ्गठित गर्नसक्ने क्षमता हो ।
मानव मस्तिष्कमा अरबौं स्नायु कोषहरू हुन्छन् । एक स्नायुकोष अर्को स्नायुकोषसँग साइनाप्सबाट सम्बन्ध स्थापना गर्दछन् । र त्यहिबाट नै विद्युतीय रासायनिक सङ्केतहरूमार्फत एकअर्कासँग सम्पर्क र कुराकानी गर्दछन् । जीवनभर नै यी मस्तिष्कका स्नायुकोषहरूले नयाँ नयाँ मार्गहरू बनाउँछन् । मस्तिष्कघातपश्चात् क्षति भएका भागको कार्यलाई स्थापित गर्न, त्यस्तै नयाँ नयाँ सिपहरू सिक्न, नराम्रो बानी छोडी नयाँ बानी बसाउन, नयाँ वातावरणमा आफूलाई समाहित गराउन पनि न्युरोप्लास्टिसिटिले नै मद्दत गर्दछ ।
वैज्ञानिक अध्ययन र अनुसन्धानले के देखाउँछन् ?
सन् २०२० मा फ्रन्टियर्स जर्नलमा प्रकाशित वैज्ञानिक लेख अनुसार अकुपञ्चरले हाम्रो मस्तिष्कका क्युनियस र प्रिक्युनियस भागहरूलाई सक्रिय बनाउँछ । यी क्षेत्रहरू मानव चेतना र होससँग सम्बन्धित छन् । त्यस्तै, सन् २०२२ मा पि.एम.सी. जर्नलमा प्रकाशित लेख अनुसार अकुपञ्चरले मानव मस्तिष्कको उत्तेजना, मनोभावना आदिसँग सम्बन्धित लिम्बिक प्रणालीका साथै निओकर्टिकल नेटवर्क र डिफल्ट मोड नेटवर्क माथि काम गरी मस्तिष्कलाई जगाउने, चेतना बढाउने काम गर्दछ । त्यस्तै फ्रन्टियर्स जर्नलमा प्रकाशित लेख अनुसार मुख्यतः सिङनाओ अकुपञ्चरले हाम्रो मिडब्रेनमा भएको रेटिकुलर प्रणालीलाई सक्रिय गरी चेतना खुलाइदिन्छ ।
सामान्य अकुपञ्चरभन्दा किन भिन्न छ त ?
अकुपञ्चर गर्नुपर्ने संवेदनशिल बिन्दु (अकुप्वाइन्ट) छनौट गर्दा मुख्यतः हात र खुट्टाका ६ वटा अकुप्वाइन्ट छानिन्छन् र भेदन गर्ने तरिका पनि भिन्न हुन्छ । सियो चलाउने विधि (म्यानुपुलेसन) दर प्रतिमिनेट १००–१२० पटक हुन्छ । अन्य अकुप्वाइन्ट अरू आवश्यकता अनुसार छानिन्छन्।
यसमा प्रयोग हुने रनचोङ ९च्भलशजयलन० भन्ने अकुप्वाइन्ट परापूर्वकालदेखि नै बेहोसी अवस्थामा चभकगकतअष्तबतष्यल को लागि प्रयोग हुन्थ्यो । सन् २०२० मा भएको वैज्ञानिक अध्ययनले पनि यो बिन्दुमा भेदन गर्दा बेहोसमा भएका विरामीहरू छिट्टै होसमा आई आँखा खोल्न मद्दत गर्दछ । आपतकालीन समयमा चेतना खुलाउन, कोमाबाट विरामी जगाउन उपयोगी हुने देखाएको छ । त्यस्तै हातको भित्री भागमा हुने नैकुवान ९ल्भष्नगबल० भन्ने बिन्दुले मुटुको कार्य राम्रो पार्ने, मस्तिष्कको क्षति पश्चात् हुने शोथ कम गर्ने, मस्तिष्कका मोटर र सेन्सरी स्नायुहरूको सम्बन्धलाई बढाउँछ भनेर सन् २०२३ र २०२४ मा भएको अध्ययनले देखाएको छ । त्यस्तै काखीको मुनि हुने चिछुवान ९व्ष्त्रगबल० भन्ने अकुप्वाइन्टले मस्तिष्कघातबाट जोगाउँछ भन्ने देखाएको छ । खुट्टामा अवस्थित वेइचोङ ९ध्भष्शजयलन० भन्ने अकुप्वाइन्टमा भेदन गरी पेट सिटी स्क्यान गरी हेर्दा मस्तिष्कका विभिन्न क्षेत्रहरू जस्तै १०, ११, २३, ३४, ३९, ४० आदि सक्रिय हुने देखाएको छ । न्युरोप्लास्टिसिटिमा पनि विशेष भूमिका देखिएको छ।
अकुपञ्चरबाहेक कुनै मस्तिष्कलाई नै सक्रिय बनाउने उपाय छ त ?
सन् १९८५ मा मित्रराष्ट्र चीनका प्रोफेसर कुवो इ ९न्गय थ्ष्० ले हाम्रो हात र खुट्टाका औंलाको टुप्पोमा हुने चिङ बिन्दुहरूको व्यायाम पत्ता लगाए । ती चिङ बिन्दुहरू भनेका हाम्रो शरीरका यिन र याङ मेरिडियनहरू मिलन हुने स्थानहरू हुन् । शरीर सञ्चालन गर्ने शक्ति अर्थात् छिको उद्गमस्थलहरू हुन् । औंलाका टुप्पाहरूमा रक्त वहाव धेरै हुन्छ साथै अत्यन्तै संवेदनशील हुन्छन् । यी बिन्दुहरूले हाम्रो मस्तिष्कको संवेदना र गतिकार्यको भाग धेरै ओगटेका हुन्छन् ।
यसर्थ, औंलाको टुप्पामा हुने यी चिङ बिन्दुहरूको सोझै मस्तिष्कसँग सम्बन्ध रहेको हुन्छ । दैनिक रूपमा यी औंलाको टुप्पाहरूको व्यायाम गर्दा, मस्तिष्कमा रक्त प्रवाह बढ्छ । अक्सिजनको मात्रामा वृद्धि हुन्छ । स्मरण शक्तिको वृद्धि, बार्धक्यावस्था ढिला हुने तथा क्षति भएका मस्तिष्कका भागको पुनर्निर्माण, मस्तिष्कको लचकताको वृद्धि गर्दछ । मस्तिष्कको कार्यमा सुधार, चेतना जगाउने गर्दछन् । यसर्थ कोमा, मस्तिष्कघात, अत्यधिक दुखाइ, बेहोसी आदि अवस्थामा यी बिन्दुहरूबाट शरीरको दुषित रगत निकाल्दा पुनर्जीवन प्राप्त हुन्छ ।
चिङ बिन्दु व्यायामका चरणहरू
- पहिलो चरणमा दुई हातका औंलाका टुप्पाहरूलाई एक अर्कामा ठोक्काउने ।
- दोस्रो चरणमा दुवै हातका औंलाहरूलाई अलि अलि झुकाउँदै नङका आधारभागलाई एक अर्कामा अघिपछि गर्दै रगड्ने ।
- मध्यमखालको बल प्रयोग गर्नुपर्छ ।
- यी चिङ बिन्दुहरूका दुई भागमा दवाव दिने वा चिमोट्ने ।
- अन्तिम चरणमा दुवै हातका औंलाहरूलाई पँखेटासमाना बाहिरपट्टि फिँजाउने गर्नुपर्छ ।
