काठमाडौं — देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा हालसम्म ४९ क्षेत्रमा सार्वजनिक भएको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता लिएको देखिएको छ। प्राप्त विवरणअनुसार रास्वपा ४१ क्षेत्रमा अगाडि रहेको छ।
यसैगरी नेपाली काँग्रेस ५ क्षेत्रमा अग्रस्थानमा रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी २ क्षेत्रमा अगाडि देखिएको छ। त्यस्तै श्रम संस्कृति पार्टी १ क्षेत्रमा अग्रता कायम गर्न सफल भएको छ।
हालसम्म सार्वजनिक भएका मतपरिणामअनुसार अन्य दलले भने कुनै क्षेत्रमा अग्रता लिन सकेका छैनन्। देशभर मतगणना जारी रहेकाले आगामी घण्टाहरूमा परिणाममा थप उतारचढाव आउन सक्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।