काठमाडौं- प्रतिनिधि सभा सदस्य चयनका लागि बिहीबार सम्पन्न मतदानमा देशभर करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
यसैबीच चर्चित प्रतिस्पर्धा रहेको झापा–५ मा करिब ६५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्यांक सार्वजनिक गरिएको छ। उक्त क्षेत्रमा युवा नेता बालेन्द्र शाह (बालेन) र केपी शर्मा ओली बीच प्रतिस्पर्धा भएकाले मतदानप्रति विशेष चासो देखिएको छ।
निर्वाचन आयोगका अनुसार अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। केही स्थानमा सामान्य प्राविधिक तथा व्यवस्थापनसम्बन्धी समस्या देखिए पनि त्यसले समग्र मतदान प्रक्रियामा ठूलो असर नगरेको आयोगको भनाइ छ।
अब मतपेटिका संकलन र सुरक्षित ढुवानीपछि मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ।
-1772720186.jpg)