काठमाडौं- हेपाटाइटिसमध्ये भाइरल हेपाटाइटिस बी र सी स्वास्थ्यका लागि मुख्य चुनौती हो। विश्वमा ३२ करोड ५० लाख मानिस यसबाट प्रभावित छन्।
कलेजोको क्यान्सरको मुख्य कारक नै हेपाटाइटिस हो। लामो समयसम्म लक्षण देखा नपर्ने भएकाले हेपाटाइटिसका धेरै बिरामी अज्ञात छन्। विश्वमै १० जना हेपाटाइटिसका बिरामीमध्ये ९ जनालाई जानकारी हुँदैन अर्थात् हेपाटाइटिस प्रवाभित २९ करोडलाई थाहा नै छैन।
उनका अनुसार विभिन्न कारणले हेपाटाइटिसका बिरामी पहिचान हुन नसकेपछि 11 संगठनले ‘फाइन्ड द मिसिङ मिलियन’ नारा नै बनाएको छ।
नेपालमा साढे २ देखि ३ लाख हेपाटाइटिस बी र १ लाख ३० हजार हेपाटाइटिस सीका बिरामी छन्। सचेतनाको अभावले धेरै बिरामी उपचारको पहुँचमा आएका छैनन्।
वीर अस्पतालका कलेजोरोग विशेषज्ञ प्राडा दीलिप शर्मा सरकारले हेपाटाइटिसलाई प्राथमिकतामा नराखेको बताउँछन्।
उनी भन्छन्, ‘एउटै तरिकाले संक्रमण हुने र सर्ने एचआइभीबारे मान्छे जानकार छन्। तर, हेपाटाइटिस सीबारे सचेत गराइँदैन।’ डा शर्मा यस सम्बन्धी नीतिको समेत अभाव रहेको बताउँछन्।
जनस्वास्थ्यका कार्यक्रममा हेपाटाइटिसलाई समेट्नुपर्ने उनको सुझाव छ। जनचेतनाका कारण एचआइभी/एड्सका बिरामी खुल्न थाले पनि हेपाटाइटिसका बिरामी अझै समाजको डरले लुकिरहेका छन्।
हेपाटाइटिस के हो? कसरी यसबाट जोगिन सकिन्छ? यसलाई उन्मूलन गर्न नेपाल सरकार र सरोकारवालाहरुले के गर्नुपर्छ? विश्व हेपाटाइटिस दिवसको अवसरमा यिनै सवालमा डा दीलिप शर्मासँग स्वास्थ्यखबरका डिबी खड्काले गरको भिडियो कुराकानीः