विश्व स्वास्थ्य

गर्भवतीलाई सताउने जिकाभन्दा खतरनाक भाइरस

इमिली बाउमगार्टनर  

न्युयोर्क टाइम्स- अध्ययनकर्ताका अनुसार जिका भाइरसले भु्रणलाई जति संक्रमण गर्न सक्छ त्यो भन्दा बढी रिफ्ट भ्याली फिभर भाइरसले दु्रत रुपमा असर पार्न सक्छ।
 
नयाँ अध्ययनका अनुसार लामखुट्टेबाट सर्ने रिफ्ट भ्याली फिभरले गर्भावस्थाका बेला त्यो भाइरस सार्ने लामखुट्टेको सम्पर्कमा आएभने मानव भु्रणमा गम्भिर संक्रमण गराउन सक्छ।

पछिल्लो महिना प्रकाशित भएको साइन्स एड्भान्सेज नामक जर्नलमा यो भाइरसका विषयमा उल्लेख छ। अध्ययनकर्ताहरुले संक्रमित मुसा र मानव भु्रण तन्तु लाई प्रयोग गरेर यसको असरका विषयमा अध्ययन गरेका थिए। अध्ययन सालनालमा त्यो भाइरसले कसरी संक्रमण गराउँछ भन्नेमा लक्षित थियो। 
अध्ययनपछि देखिएको परिणामका अनुसार त्यो भाइरसले जिकालेभन्दा पनि मानव भु्रणलाई धेरै क्षति गर्न सक्छ। जिका भाइरसले सन् २०१५ ताका विश्वव्यापी संकट सिर्जना गरेको थियो। मध्य अमेरिका र दक्षिण अमेरिकामा हजारौँ बालबालिकामा यो गम्भिर जन्मजात समस्या सिर्जना गरेको थियो। 

युनभर्सिटी अफ पिट्सवर्गका सरुवा रोग विशेषज्ञ एमी हार्टम्यान जसले यो अनुसन्धानको नेतृत्व गरेका थिए उनी भन्छन् ‘जिकाले सबैलाई छक्कै पार्ने गरी संक्रमण गरायो। यदि चिकित्सकहरुलाई जिकाको जन्मजात पार्ने असर थाहा भएको भए गर्भवती महिला र बालबालिकाहरुको बचाउन लागि धेरै खोज गर्थे होलान्। यो रिफ्ट भ्याली फिभरले जोखिमको हामीले ख्याल गरेर अगाडी बढिरहेका छौँ।’

यो रिफ्ट भ्याली फिभर अफ्रिकाको सहारा क्षेत्रको पशुहरुमा देखिएको छ, जहाँ ९० देखि १०० वटा गाईहरुमा गर्भपात तथा मरेका बाच्छाबाच्छीहरु जन्मिएका थिए। यसले धेरै आर्थिक क्षति पनि भएको छ। 

तर यस अलावा १०० भन्दा बढी केशहरु हरेक वर्ष मानवमा पनि देखिएका छन्। यसमा फ्लु जस्तो लक्षण देखिने र गम्भिर कलेजोको समस्या आउँदछ।

डा.हार्टम्यानका अनुसार यो प्रकोप अफ्रिकाभन्दा बाहिर पनि देखिन थालेको छ। सन् २००० को अन्त्यमा यो प्रकोप साउदी अरेबियामा पनि देखिएको थियो। जहाँ १ लाख मानिसमा संक्रमण भएको थियो। जसमा ७ सय जना मानिसले ज्यान गुमाएका थिए। 
यो भाइरस लामखुट्टेले सार्छ।

डा. हार्टम्यान भन्छन् जलवायु परिवर्तनले सरुवा रोगलाई फैलाउन सक्छ। जसरी लामुखुट्टको जनसंख्या यताउता बसाइ सराइ गर्छन् र परिवर्तन हुन्छन् यो भाइरस सामान्य सीमाभन्दा बाहिर फैलिने सम्मावना छ। 

रिफ्ट भ्याली फिभरको न कुनै खोप छ न त उपचार नै। विश्व स्वास्थ्य संगठनले यस रोगलाई सार्वजनिक स्वास्थ्य आपतकालिन रोगको रुपमा व्याख्या गरेको छ। 

दुई वटा संक्रमित भु्रण दस्तावेजीकरण गरिएको छ। एउटा शिशु कलेजो र फियो सुन्निएको अवस्था तथा अरु लक्षणहरु लिएर जन्मिएको थियो भने अर्कोको एक हप्ताभित्रमा मृत्यु भएको थियो।
 
यस रोगमा गर्भवती महिलामा लक्षण अज्ञात हुने हुनाले धेरै केश जस्तै भु्रण मृत्यु र अपांगता भएका बच्चा जन्मिन्छन् ती केशहरु गलत पहिचान भएका छन्। 

मुसामा गरिएको अध्ययनमा ६५ प्रतिशत संक्रमित आमाबाट जन्मिएका मुसाका बच्चाहरु मरेका थिए जुन संक्रमण नभएका आमाबाट जन्मिएको २५ प्रतिशत हो। 

संक्रमित आमाबाट जन्मिएका हरेकले एक बच्चा गुमाएका थिए। संक्रमण भएका आमाहरुले भावी सन्तानमा पनि त्यो भाइरस जाने देखियो। 

गर्भवती मुसामा रिफ्ट भ्याली फिभरको जोखिम गर्भवती नभएका मुसामा भन्दा बढी देखिएको छ।

अध्ययनकर्ताहरु यस अर्थमा अच्चमित भएका छन् किनकी संक्रमित आमाबाट निस्किने सालनालमा अरु तन्तुमा भन्दा बढी भाइरस भेटिएको छ। कलेजोमा पनि भाइरसले धेरै हानी पु¥याउँदछ । 

हार्टम्यानको ल्याबमा संलग्न पोस्टडक्टरेल शोधकर्ता सिनथीया म्याकमिलेन भन्छिन् ‘कसैले अझैसम्म शोधमा यो पत्ता लगाएका थिएनन्। मानव सालनाल परीक्षणपछि के पत्ता लाग्यो भने जिका भाइरस भन्दा रिफ्ट भ्याली फिभर भाइरसमा अनौठो क्षमता छ। यसले कोषिकाको विभिन्न विशिष्ट तहरुलाई संक्रमण गर्छ।’

डा.हार्टम्यान भन्छन् ‘जिकाले भ्रुणमा संक्रमण गर्नलाई सालनालमा साना बाटोहरु अपनाउन सक्छ तर रिफ्ट भ्याली फिभर भाइरसले द्रुत गतिमागई संक्रमण गर्न सक्छ।’
पछिल्लो हप्ता कोलिसन प्रिपेडनेश इनोभेसन्स्ले रिफ्ट भ्याली फिभरको विरुद्धमा खोप ल्याउनका निम्ति प्रस्तावना पेश गरेको छ।
करिब ४८ मिलियनमा आठ वटा प्रोजेक्टमा रिफ्ट भ्याली फिभर र चिकनगुनिया भाइरसको खोपमा लगानी गरिनेछ।

‘हामीलाई इपिडिमियोलोजीमा अझै अध्ययन आवश्यक छ, कसरी रोग लाग्छ र कसरी सावधानी अपनाउने भनेर’ डा. म्याकमिलेन भन्छिन् ‘यो मध्यपूर्वमा पाइएको ठाउँभन्दा अरु क्षेत्रमा फैलिन सक्छ। त्यसैले जनचेतना आवश्यक छ।’

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने