काठमाडौं– केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले रगत सुपरीवेक्षण प्रतिवेदन ९हेमोभिलिजेन्स० २०१८ सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदन अनुसार दाताले दान गरेको रगतमा एचआइभी र भिरिङ्गी फेला परेको छ।
सुरक्षित रगत सङ्कलन, भण्डारण, परीक्षण, रगततत्वको निर्माणलगायतदेखि बिरामीले प्राप्त गर्ने अवस्थालाई ‘हेमोभिलिजेन्स’ भन्ने गरिन्छ।
प्रयोगशाला अन्तर्गत रहेको रक्तसञ्चार ब्यूरोले काठमाडौंका दुई अस्पतालमा उक्त सुरपरीवेक्षण गरेको थियो। अध्ययनका लागि दुई अस्पतालका एक हजार १२ सय रगतको नुमना परीक्षण गरिएको थियो। जसमध्ये अध्ययनका क्रममा १२ वटा नमुनालाई शंकास्पद नमुनाका रुपमा राखेर अध्ययन गरिएको थियो।
शंकास्पद राखिएकामध्ये दुई वटामा समस्या भेटिएको ब्यूरोकी प्रमुख डा रेखा मानन्धरले जानकारी दिइन्। एनका अनुसार दुईमध्ये एकमा एचआइभी र अर्कोमा भिरिङ्गी फेला परेको थियो। बाँकी १० वटामा भने सामान्य ज्वरो आउने, चिलाउने जस्ता समस्या देखिएको थियो।
थोरै अस्पतालमा गरिएको अध्ययनमा यस्तो नतिजा आएपछि ब्यूरोले अध्ययनको दायार बढाउँदै लैजाने भएको छ।
अध्ययनका लागि सुरुमा ४ वटा अस्पताललाई नमुनाका रुपमा छनोट गरिएको थियो। तर, गंगालाल अस्पताल र ओम अस्पतालले नमुना उपलब्ध नगराएपछि अध्ययनको सिमा दुई वटा अस्पतालमा मात्र सिमित भएको थियो।
ब्यूरोले थापाथलीस्थित परोपकार प्रसूति अस्पताल र निजीबाट नेपाल क्यान्सर अस्पतालको हमोभिजिलेन्स अध्ययन गरेको थियो।
जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा हरिशचन्द्र उप्रेतीले प्रतिवेदन सार्वजनिक गर्दै ररगतको सुरक्षामा ध्यान दिन आग्रह गरे। उनले रगतलाई कसरी सुरक्षित गराउने भन्ने विषयमा प्रयोगशालाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार काम अगाडि बढाउने जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी पूर्व निर्देशक डा गीता शाक्यले सबै भन्दा धेरै रगत खपत हुने वीर अस्पताललाई समेत यो अध्ययनमा सहभागि गराउनुपर्ने बताइन्।
रगत खपतको विवरण रिपोर्टिङ गर्दैनन् अस्पताल
कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका अस्पतालले वार्षिक कति प्रिन्ट रगत खपत गर्छन भन्ने रिपोर्टिङ जनस्वास्थ्य प्रयोगशालामा नगराएको जानकारी पनि दिइएको छ। अस्पतालले वार्षिकरुपमा खपत गर्ने रगतको तथ्याङ्क राखी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य जानकारी ९रिपोर्टिङ० गर्नुपर्ने प्रावधान रहे पनि हालसम्म कुनै अस्पतालले सोसम्बन्धी रिपोर्टिङ नगरेको बताइएको छ।
अस्पतालले रगत कति खपत गर्छन्रु तीमध्ये रगतका कति प्रकारका तत्व प्रयोगमा आउँछन् र रगतको तत्व बिरामीका शरीरमा नमिलेका कारण कतिको अकालमा मृत्यु भयो भन्ने कुनै जानकारी छैन।