काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनमा कुल ७१०२ मत खसेको छ। देशभर सम्पन्न मतदानपछि आजै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
प्राप्त विवरणअनुसार उपत्यका बाहिर ४२४४ मत खसेकाे छ भने काठमाडौंमा दुई दिनमा गरी २८५८ मत खसेको छ।
पहिलो दिन १२२३ र दोस्रो दिन १६३५ मत खसेको निर्वाचन समितिले जनाएको छ।