काठमाडौं - पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्।
उनको साथमा उनकी स्वकीय सचिव तथा छोरी गंगा दाहाल छन्।
केही समययता प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी (पिएसपी) बाट पिडित सीताको यसअघि सिंगापुरमा उपचार हुँदै आएको थियो। कात्तिकमा उनले सीतालाई म्याग्दीको तातोपानी कुण्डमा नुहाउन लगेका थिए।
अमेरिकामा पत्नी सीताको बिरामीसँग सम्बन्धित उपचारको राम्रो र पछिल्लो प्रविधिको विकास भएको भन्ने थाहा पाएको र पत्नी सीताले पनि एकपटक अमेरिका लगिदिए सन्चो हुन्थ्यो कि भनेर केही महिनादेखि भनेकाले अमेरिका प्रस्थान गर्नुपरेको प्रचण्डले बताए।
सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा हुने प्रचण्डको सचिवालयले जनाएको छ।
मस्तिष्कका विभिन्न रोग तथा समस्याहरु मध्ये प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) पनि एक हो। यो रोग निकै कम मानिसमा देखिने गर्दछ। तर, पछिल्लो समयमा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेसँगै पिएसपीको समस्या भएका बिरामीसमेत आउन थालेका छन्।
पिएसपीको अधिकांश लक्षण मष्तिष्कको अर्को रोग पार्किन्सन्ससँग धेरै मिल्दोजुल्दो हुन्छ। तर, यो समस्या पार्किन्सभन्दा फरक हो।
यो पनि पढौं :