काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा सांसद नवीना लामालाई अस्पताल भर्ना गरिएको छ। छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।
सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक डा जेपी जैसवालले बताए। उनको आवश्यक परीक्षण भइरहेको छ।
उनलाई एक दिन अस्पतालमा नै आराम गर्न सुझाव दिइएको छ। लामालाई मंगलबार डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।