काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) ले आफ्नो प्रतिवेदन कार्यन्यवन गरी भयावह स्थिति आउनबाट रोक्न सरकारलाई विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ।
चिकित्सक समायोजन र संगठन संरचनाको विषयलाई तत्काल सम्बोधन नगरिए स्वास्थ्य क्षेत्रमा दीर्घकालीन गम्भीर असर पर्ने र संघीयता कार्यान्वयन नै खतरामा पर्ने चेतावनी गोदानले दिएको छ।
२०७५ फागुन १८ गते भएको छलफलमा सर्वोच्च नेतृत्वबाट आएको प्रतिबद्धता, वचनको विश्वास र सम्मान गर्दै आन्दोलन स्थगन गर्दा पनि हालसम्म ‘पर्ख र हेर’ को अवस्थामा रहुनपरेको सरकारी चिकित्सकहरु बताउँछन्।
छलफल र वार्ता भए पनि प्रधानमन्त्रीले दिएको आश्वासन अनुसारको पर्याप्त गम्भीरता नदेखाएको महसुस भएको गोदानको भनाइ छ।
माग सम्बोधन नगरेकाले सरकारी चिकित्सकहरूले सामूहिक राजीनामा संकलन गरेर सेवा परित्याग गर्ने चेतावनीसमेत गोदानले दिएको छ।