मङ्गलबारे- इलामको देउमाई नगरपालिकाको चमैतामा स्थानीयवासीलाई एम्बुलेन्स प्रदान गरिएको छ।
‘चमैता सरोकार समाज’को संयोजनमा देश तथा विदेशमा रहेका चमैतावासीले आर्थिक सहयोग सङ्कलन गरी उक्त एम्बुलेन्स खरिद गरिएको हो।
समाजको अगुवाइमा एक वर्षदेखि फेसबुक, ट्विटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैतावासीबाट रु १४ लाख ५० हजार सङ्कलन गरी एम्बुलेन्स खरीद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिए।
रु १० लाखमा एम्बुलेन्स खरिद गरिएको हो। 'बाँकी रकमले समाजको भवन निर्माण गर्ने योजना छ,' श्रेष्ठले भने। सो एम्बुलेन्स सेवाको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले उद्घाटन गरे।