काठमाडौं- जनकपुर अञ्चल अस्पतालमा कार्यरत आठौं तहका आयुर्वेद अधिकृतको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालमा कार्यरत मिथिलेश कुमार यादवको प्रमाणपत्र नक्कली फेला पारेको हो।
यादवले बिहार विद्यालय परीक्षा समितिबाट आइएस्सीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरी जागिर खाइरहेको फेला पारेको हो। अख्तियारले उनलाई भ्रष्ट्राचार निवारण ऐन अनुसार कारबाही गर्न विशेष अदालतमा आरोप पत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।