काठमाडाैं- उपाचाररत नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा सुधार आएको छ।
पूर्वगृहमन्त्री समेत रहेका सिटाैलाकाे आन्द्राबाट रक्तश्राव भई रगतमा हेमोग्लोविनको मात्रामा कमि देखिएको र स्वाथ्यमा क्रमिक सुधार आइरहेको उनी निकट बलदेब तिमल्सिनाले जानकारी गराए। ह्याम्स अस्पतालमा सिटौलाको आइसियूमा राखी उपचार भइरहेको छ। दुई दिनपछि सिटौलालाई 'जनरल वार्ड'मा सार्ने अस्पतालले जानकारी गराएको तिमल्सिनाले बताए।
तीन दिनदेखि उपचारका लागि भर्ना भएका सिटौलालाई भेट्न कांग्रेस र सत्तारुढ दलका नेताहरु पुगेका थिए। कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला लगायतका नेता अस्पताल पुगेका थिए।
सत्तारुढ दलबाट पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र जनार्दन शर्माले उनलाई भेटी स्वास्थ्य अवस्थाकाे बारेमा जानकारी लिएका थिए।
यसैबिच सिटौलाको शरीरमा देखिएको रगतको मात्रा पुरा गर्न उनी नजिकका कार्यकर्ताले अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन्।