काठमाडौं- नेपाल नत्रेज्योति संघले हरेक प्रदेशमा एक/एक वटा विशिष्टीकृत आँखा अस्पतालको विकास गर्ने भएको छ। संघले स्थापनाको ४१औँ वार्षिकोत्सवका अवसरमा संघले उक्त योजना सार्वजनिक गरेको हो।
वार्षिकोत्सवका अवसरमा संघले अस्पताल निर्माण गर्नेसहितका १० बुँदे भावी लक्ष्य र योजना सार्वजनिक गरेको छ।
संघले नेत्रज्योति संघलाई प्रतिष्ठानका रुपमा विकास गर्ने, आगामी ५ वर्षभित्र कीर्तिपुर आँखा अस्पताललाई आँखा स्वास्थ्य शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्ने, ५ वर्षभित्रमा सबै स्थानीय तहमा आधारभूत आँखा स्वास्थ्य सेवाको विस्तार गर्ने लगायतका योजना सार्वजनिक गरेको हो।
संघमातहत देशभर हाल १८ आँखा अस्पताल तथा ८४ आँखा उपचार केन्द्रहरू सञ्चालनमा छन्। संघले हाल मुलुकभर ४० जिल्लामा आफ्ना शाखा गठन गरी सेवा विस्तार गरेको छ।
