काठमाडौं– सरकारले कर्मचारी समायोजन कार्य सकिएको घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै १ लाख ३१ कर्मचारी समायोजन भएको जानकारी दिएको हो।
जसअन्र्तगत स्वास्थ्य सेवातर्पmका संघ, सात प्रदेश, स्थानीय तह र फाजिल गरी २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको छ।
पत्रकार सम्मलेनमा स्वास्थ्य सेवाका कर्मचारीको सूची वेबसाइडमा सार्वजनिक भइसकेको दावी गरिए पनि हालसम्म सूची सार्वजनिक भएको छैन। पत्रकार सम्मेलनमा स्वास्थ्यको सूची बिहीबार बिहान ८ बजे नै सार्वजनिक भइसकेको भन्दै गलत सूचना दिइएको थियो।
तर, पत्रकार सम्मेलनमा नै सामान्य प्रशासन मन्त्रालयको वेबसाइड खोलेर हेर्दा समेत सूची नभेटिएपछि पत्रकार सम्मेलनमा गलत सूचना दिइएको तथ्य बाहिर आएको हो।
त्यसपछि मात्र कार्यक्रममा स्वास्थ्यका कर्मचारीको सूची मिलाउन केही प्राविधिक काम बाँकी रहेको जानकारी दिइएको हो। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बिहीबार साँझसम्म स्वास्थ्यको सूची सार्वजनिक गर्ने जानकारी दिए।
कर्मचारीलाई समायोजनको सूची नै सार्वजनिक नगरी समायोजन सम्पन्न भएको घोषणा गरिएपछि स्वास्थ्यका कर्मचारी भने थप अन्योलमा परेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीको समायोजन भएको पत्र प्रक्रिया मिलाउँदै दिइने बताए। उनले भने, ‘सबै कर्मचारीको समयोजनपत्र छिट्टै दिन्छौँ, केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी छ, कर्मचारीले कुनै द्विविधिमा पर्नु पर्दैन।’
उनले मन्त्रालयले सरकार एक वर्ष पुगेकै समयमा समायोजन सम्पन्न गर्न चाहे पनि समायोजन हुने आंशकामा कर्मचारीले समयमै समयोजन फारम नभरिदिँदा, भरेको फारम प्रक्रिया पूरा नगर्दा समायोजनको समय लम्बिएको दावी गरे।
संसारमा देश संघीय प्रणालीमा कार्यान्वयन हँुदै गर्दा कतिपय देशले कर्मचारी समायोजन गर्न नसकेको अवस्थाले नेपालले यो काम पूरा गरेको मन्त्री पण्डितले बताए।
स्वास्थ्य सेवाअन्र्तगत संघमा २ हजार ७५, प्रदेशमा २ हजार ३ सय ९४, स्थानीय तहमा २२ हजार १ सय ७६, फाजिल ६ सय ५७ गरी २७ हजार ३ सय २ कर्मचारीको समायोजन भएको छ।