जगदिश बुढा
जुम्ला- जुम्लाको एक नगरपालिका सहित ८ वटै स्थानीय तहबाट संकलित ८ सय ४९ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
स्वाब परिक्षणमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान शिक्षण अस्पताल जुम्लाका शिक्षाध्यक्ष निरेश थापाले सबैको रिर्पोट नेगेटिभ आएको जानकारी दिए।
उनले भने,‘यो रिर्पोटले जुम्लामा कोराना संक्रमण नभएको देखिएको छ। तर निरन्तर रुपमा स्वाब परिक्षणको कार्य जारी रहनेछ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालयको संयुक्त टोलीले जुम्लाका विभिन्न ८ वटा स्थानीयतहका ८ सय ४९ जनाको स्वाब संकलन गरिएको कर्णाली अस्पतालका निर्देशक डा मंगल रावलले जानकारी दिए।
स्वाब संकलनमा प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका २४ जना प्रयोगशालाकर्मीको सहभगिता रहेको थियो। पुल टेस्टमा ५ जनाको नमुनालाई एकै ठाउँमा मिसाएर परीक्षण भएको थियो। ५ जनाको नमुना मिसाएर परिक्षण ग¥यौ,शिक्षाध्यक्ष थापाले भने,‘बिहान तीन बजेसम्म सबै जनाको स्वाब परिक्षण गर्यौँ। सबै जनाको रिपोर्ट नेगेटिभ आयो। धेरै जनाको परीक्षण गर्नुपर्दा पुल टेस्ट गरियो।’
प्रतिष्ठानका जनशक्तिले जुम्लामा स्थानीय तहका स्वास्थ्यकर्मीहरुको सहयोगमा जिल्लाका आठवटै स्थानीय तहबाट क्वारेन्टाईनमा बसेका र बाहिरबाट आएकाहरुको प्रतिष्ठानले एकै दिन जुम्लाका सबै स्थानीय तहबाट आठ सय ४९ जनाको स्वाब संकलन गरको थियो।
यस अघि मेशिन नहुँदा सरकारले प्रतिष्ठानको जनशक्तिको सहयोगमा तीन सय २४ जनाको स्वाब संकलन गरेर एकैपटक हवाई मार्गबाट काठमाडौं पठाएकाउ थियो।
प्रदेश सरकारले कर्णालीका दश जिल्लाका २७ स्थानमा स्वाब संकलन भईरहेको जनाएको छ। जसमध्ये कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० स्थानबाट आएको स्वाब परिक्षण भएको छ। सो तयारीका लागि एकै पटक धेरैको परीक्षण गर्न प्रतिष्ठानले शुरु गरेको हो।
जिल्लाको पातारासी गाउँपालिका ७०, चन्दननाथ नगरपालिका ५८, तातोपानी गाउँपालिका एक सय ५०, तिला ७०, हिमा ३७, कनकासुन्दरी दुई सय, गुठीचौर ९५ र सिंजा २ सय ९ जना गरी ८ सय ४० जनाको स्वाब संकलन गरिएको थियो। जिल्लामा ९ वटा हेल्थ डेस्क राखिएको छ। हालसम्म १० हजार ९ सय ९५ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।