काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड १० लाख नाघेको छ। शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड १० लाख ४७ हजार २ सय १७ मानिस संक्रमित भएको तथ्यांक छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। अमेरिकामा संक्रमितको संख्या २७ लाख ९३ हजार ३४ पुगेको छ। त्यस्तै ब्राजिलमा १५ लाख ३९ हजार ८१, रुसमा ६ लाख ६६ हजार ९ सय ४१ र भारतमा ६ लाख २५ हजार ५ सय ४४ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख २४ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख २४ हजार ६ सय १४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख २९ हजार ४ सय ३०, ब्राजिलमा ६१ हजार ८ सय ८४, बेलायतमा ४४ हजार २ सय १६, इटालीमा ३४ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ।
विश्वभर ५८ लाख ४८ हजार ८ सय ७७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
शनिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ९ लाख ८४ हजार ६ सय १५, अमेरिकामा ७ लाख ९० हजार ४ सय ४, रुसमा ४ लाख ३७ हजार १ सय १५जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १५ हजार २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ हजार १ सय ४३ जना संक्रमणमुक्त भएका छन् भने ३२ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६ लाख २५ हजार ५ सय ४४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १८ हजार २ सय १३ पुगेको छ। भारतमा हालसम्म ३ लाख ७९ हजार ८ सय ९२ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख २१ हजार ८ सय ९६ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ५ सय ५१ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख १३ हजार ६ सय २३ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ६९ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ८ सय ६३ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ९१ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ६८ हजार ४८ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३२ हजार ३ सय २४ पुगेको छ। अफगानिस्तानमा ८ सय १९ जनाको मृत्यु भइसकेको छ भने १७ हजार ३ सय ३१ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ७७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५० छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ४ सय १० रहको छ। मृत्यु हुनेको संख्या १० छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ७९ पुगेको छ ।