काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड १२ लाख नाघेको छ। आइतबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड १२ लाख ४० हजार ९ सय ४३ मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २८ लाख ३९ हजार ४ सय ३६ पुगेको छ। त्यस्तै ब्राजिलमा १५ लाख ७७ हजार ४, रुसमा ६ लाख ७३ हजार ५ सय ६४ र भारतमा ६ लाख ४८ हजार ३ सय १५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ३० हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ३० हजार १ सय २७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख २९ हजार ६ सय ७२, ब्राजिलमा ६३ हजार १ सय ७४, बेलायतमा ४४ हजार २ सय ८३, इटालीमा ३४ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ।
विश्वभर ६० लाख ४४ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
आइतबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ९ लाख ८४ हजार ६ सय १५, अमेरिकामा ८ लाख ९४ हजार ३ सय २५, रुसमा ४ लाख ४६ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १५ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ५ हजार ६ सय ४ सय १५ जना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६ लाख ४८ हजार ३ सय १५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १८ हजार ६ सय ५५ पुगेको छ। भारतमा हालसम्म ३ लाख ९४ हजार २ सय २७ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख २५ हजार २ सय ८३ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ६ सय १९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख २५ हजार ९४ जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ८ सय ८५ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ६ सय ७९ पुगेको छ। बंगलादेशमा हालसम्म १ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७० हजार ७ सय २१ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३२ हजार ६ सय ७२ पुगेको छ। अफगानिस्तानमा ८ सय २६ जनाको मृत्यु भइसकेको छ भने १९ हजार १ सय ६४ जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ७८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५१ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ४ सय ३५ रहेको छ। मृत्यु हुनेको संख्या १० छ भने उपचारपछि निको हुनेको संख्या १ हजार ९ सय ७६ पुगेको छ ।