काठमाडौं- ‘एक चिकित्सक, एक स्वास्थ्य संस्था’ अवधारणा लागू गर्दा आइपर्ने चुनौतीका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुझाव संकलन सुरु गरेको छ।
मन्त्रालयले सूचना निकाल्दै यो अवधारणा लागू गर्दा आइपर्ने चुनौती, ती चुनौतीलाई सामना गर्ने उपाय र विधि तथा प्रक्रियाका सम्बन्धमा सुझाव पठाउन आग्रहर गरेको हो।
आफूलाई लागेका सुझाव तीन दिनभित्र [email protected] मार्फत पठाउन आग्रह गरेको छ ।
मन्त्रालयले उक्त अवधारणाको मुख्य उद्देश्य एक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा चिकित्सक सो अस्पताल बाहेक अन्य क्लिनिक र अस्पताल धाउनुपर्ने अवस्था अन्त्य गर्नु रहेको जनाएको छ।
केही दिन अगाडी एक चिकित्सक एक स्वास्थ्य संस्था मस्यौदा तर्जुमा समिति गठन भई, समितिले कार्यको थालनी गरिसकेको मन्त्रालयले सूचनामा उल्लेख गरेको छ।