काठमाडौं– विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड १४ लाख नाघेको छ। सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड १४ लाख ९ हजार ८ सय ५जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ।
संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामा संक्रमितको संख्या २८ लाख ८० हजार १ सय ३०पुगेको छ। त्यस्तै ब्राजिलमा १५ लाख ३ हजार ५५, रुसमा ६ लाख ८० हजार २ सय ८३ र भारतमा ६ लाख ७३ हजार १ सय ६५ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।
त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ५ लाख ३३ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ५ लाख ३३ हजार ६ सय ८४ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा १ लाख २९ हजार ९ सय ६, ब्राजिलमा ६४ हजार ८ सय ६७, बेलायतमा ४४ हजार ३ सय ५, इटालीमा ३४ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ।
विश्वभर ६१ लाख ६१ हजार १ सय ९२ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १० लाख २९ हजार ४५, अमेरिकामा ९ लाख ६ हजार ७ सय ६३, रुसमा ४ लाख ४९ हजार ९ सय ९५ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि १५ हजार ७ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ हजार ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ३४ जनाको मृत्यु भएको छ।
भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १९ हजार २ सय ६८ पुगेको छ। भारतमा हालसम्म ४ लाख ९ हजार ८३ संक्रमित संक्रमणमुक्त भएका छन्।
पाकिस्तानमा हालसम्म २ लाख २८ हजार ४ सय ७४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ४ हजार ७ सय १२ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १ लाख २९ हजार ८ सय ३० जना उपचारपछि निको भएका छन्।
श्रीलंकामा संक्रमितको संख्या २ हजार ७४ रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ११ छ भने निको हुनेको संख्या १ हजार ९ सय ३ छ।
बंगलादेशमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय १७ पुगेको छ। बंगलादेशमा हालसम्म २ हजार ५२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७२ हजार ६ सय २५ छ।
अफगानिस्तानमा संक्रमितको संख्या ३२ हजार ९ सय ५१ पुगेको छ। अफगानिस्तानमा ८ सय ६४ जनाको मृत्यु भइसकेको छ भने १९ हजार ३ सय ६६जना उपचारपछि निको भएका छन्।
भुटानमा संक्रमितको संख्या ७८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ५१ छ।
माल्दिभ्समा संक्रमितको संख्या २ हजार ४ सय ६८ रहेको छ। मृत्यु हुनेको संख्या ११ छ भने उपचारपछि निको हुनेको संख्या २ हजार ४९ पुगेको छ ।