काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय ८० संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८० जना नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा, सिरहा र सुनसरीका १/१ जनामा कोरोना पुष्टि भएको छ। कोशी अस्पताल विराटनगरमा झापाका २, सिरहा र खोटाङका १/१ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ६ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नुवाकोटका १ र सर्लाहीका ६, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा नवलपरासीका १ र रौतहटका ३ जनामा कोरोना पुष्टि भएको छ।
गत २४ घण्टामा धुलिखेल अस्पताल प्रयोगशालामा काभ्रेका ३, नवलपरासीका १, ओखलढुंगाका ३ र सिन्धुपाल्चोकका १ जनामा कोरोना पुष्टि भएको छ।
पाटन अस्पताल ललितपुरमा बाराका १, भक्तपुरका १०, चितवनका ३, दाङका २, धादिङका १, दोलखाका २, गोरखाका २, झापा र कास्कीका १/१, काठमाडौंका २३, काभ्रेका १, खोटाङका २, ललितपुरमा २०, मकवानपुरका ५, नवलपरासी पूर्वका १, रौतहटका ३, संखुवासभाका १, सप्तरी, सिन्धुपाल्चोक र सिन्धुलीका २/२, सिरहा, सुनसरी, ताप्लेजुङ र अर्घाखाँचीका १/१ जनामा कोरोना भेटिएको छ।
यस्तै, त्रिवि शिक्षण अस्पतालमा काठमाडौं र उदयपुरमा १/१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला क्षयरोग केन्द्र पोखरामा बागलुङका ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ७, लमजुङका ११ र गोरखाका ५, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा नलवपरासीका ३, पाल्पा र प्युठानका ४/४ जना, चौरजहारी नगरपालिका प्रयोगशालामा जाजरकोटका १ जनामा कोरोना भेटिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा डडेल्धुराका ५ र जुम्लाका १, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका ८ जनामा कोरोना भेटिएको प्रवक्ता डा गौतमले बताए।
कुन प्रदेशमा कति संक्रमित र कति डिस्चार्ज ?
हालसम्म प्रदेश दुईमा सबैभन्दा धेरै र बागमती प्रदेशमा सबैभन्दा कम संक्रमित भेटिएको छ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ७ सय १० संक्रमित भेटिएको छ। त्यहाँ हालसम्म ४ सय ६९ जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रदेश २ मा ४ हजार १ सय ८४ संक्रमित भेटिँदा २ हजार ७२ जना डिस्चार्ज भएका छन्।
बागमतीमा ६ सय ३९ संक्रमित र २ सय ३४ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। गण्डकीमा संक्रमित हुनेको संख्या १ हजार १ सय ७५ छ भने २ सय ९५ जना डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार प्रदेश ५ मा ३ हजार ९ सय ८४ संक्रमित छन्। त्यहाँ १ हजार ८ सय ५७ जना डिस्चार्ज भएका छन्। कर्णालीमा १ हजार ५ सय ८१ संक्रमित भेटिँदा १ हजार २ सय २२ जना डिस्चार्ज भएका छन्। सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ९१ संक्रमित छन् भने डिस्चार्ज हुनेको संख्या ६ सय ६२ जना पुगेको मन्त्रालयले जनाएको छ।